रामेछाप । रामेछाप नगरपालिकाले आयोजना गरेको ८ औं राष्ट्रपति रनिङ शिल्डको उपाधिमा यस बर्ष पनि रामेछापको गौरीशंकर मावि रामेछापले कब्जा जमाएको छ । यो सहित सबै ८ वटै प्रतियोगिताको उपाधिको रक्षा गर्न उक्त मावि सफल भएको छ ।

रामेछापको टुंडिखेलमा नगर खेलकुद समितिको समेत आयोजनामा भएको उक्त प्रतियोगितामा नगरपालिका भित्रका १३ वटा माविको सहभागिता रहेको थियो ।प्रतियोगितामा रामपुरको जनता माविले द्धितिय र साँघुटारको हिमगंगा माविले तृतिय स्थान हासिल गरेका छन् । शनिबार रामेछापमा आयोजित समापन कार्यक्रममा नगर प्रमुख लबश्री न्यौपाने, उप प्रमुख बालकुमारी थापा कार्की र नगर खेलकुद विकास समितिका अध्यक्ष केदार कार्कीले विजेता टिम र खेलाडीहरुलाई शिल्ड, मेडल र प्रमाण पत्र प्रदान गरेका थिए । प्रतियोगितामा मार्सलआर्टस् भलिबल, एथेलेटिक्स र कबर्दी जस्ता प्रतियोगिता संचालन गरिएका थिए ।