रामेछाप । डब्लुविसी मुवाँथाई विश्व च्याम्पिएनसिपमा नेपाली खेलाडी सुजल बुढाथोकी फाईनलमा प्रवेश गरेका छन् । थाईल्याण्डको बैंककमा जारी उक्त प्रतियोगितामा बुढाथोकीले आयरल्याण्डका रायन भोगनलाई हराएका थिए । अव उनको प्रतिस्पर्धा उज्जेकिस्तानका होलखुजा युल्डोससंग हुनेछ । प्रतियोगिताको फाईनल सोमबार ( आज ) हुदैछ ।

नेपालका राष्ट्रिय च्याम्पियन बुढाथोकीले अन्तराष्ट्रिय स्तरमा उक्त प्रतियोगितामा पाएको उपलव्धि पहिलो हो । यसअघी उक्त खेलमा नेपाललाई यति ठुलो उपलव्धि हासिल भएको थिएन । बुढाथोकी रामेछापको मन्थली नगरपालिका ३ नम्बर वडा निवासी हुन् ।