रामेछाप । तामकोशी नदीमा भोली (सोमबार) पहिलो पटक राफ्टिङ प्रतियोगिता संचालन हुने भएको छ । जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा उक्त प्रतियोगिता संचालन हुदैछ ।

समितिका अनुसार मन्थली नगरपालिका २ को बान्द्रेफाँट नजिक बाट मन्थली वडा नं ६ को कुनौरी पुल सम्मको करिव ८ किलोमिटरमा उक्त प्रतियोगिता संचालन हुदैछ । प्रतियोगितामा विभिन्न ९ वटा टिमको प्रतिस्पर्धा हुने जनाइएको छ ।

प्रतियोगिता संचालन हुने तामाकोशी नदीको ८ किलोमिटर खण्डमा आईतबारनै पूर्व तयारी र रेक्की गर्ने काम भएको छ । निर्णायक भिष्मराज थपलिया, रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सीताराम कार्की र तामाकोशी मरिण एडभेन्चर लिमिटेडका सागरहरी अधिकारी लगाएतले प्रतियोगिता संचालनको क्रममा कुनै अप्रिय घटना नघटोस भनेर प्रभावकारी पूर्व तयारी गरिएको जनाएका छन् ।

राफ्टिङ प्रतियोगिता विहान ७ बजे देखि हुनेछ । उक्त अवधिभर गोताखोर र सुरक्षाकर्मी लगाएतले रेकि गर्नेछन् । प्रतियोगितामा प्रथम हुने टोलीलाई ४० हजार, द्धितिय हुनेलाई ३० हजार र तृतिय हुने लाई २० हजार नगद पुरस्कार सहित मेडलहरुको व्यवस्था गरिएको छ ।