रामेछाप । गणतन्त्र दिवसका अवसरमा आयोजित मैत्रीपूर्ण फुटबल प्रतियोगितामा कर्मचारीको टिम विजयी भएको छ ।बुधबार नागकन्या माविको खेल मैदानमा भएको खेलमा जनप्रतिनिधि टिमलाई ९–१ ले हराउदै कर्मचारी टिम विजयी भएको हो ।
गणतन्त्र दिवस मुल आयोजक समिति रामेछापले आयोजना गरेको उक्त प्रतियोगितामा जनप्रतिनिधिहरुको नेतृत्व जिल्ला समन्वय समिति रामेछापकी प्रमुख चिना खड्का कार्कीले गरेकी थिईन् भने कर्मचारीहरुको नेतृत्व प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाले गरेका थिए । गणतन्त्र दिवसका अवसरमा रामेछापमा विविध कार्यक्रमहरु संचालन भइरहेका छन् ।
