रामेछाप । सुनापति गाउँपालिका चौथो अध्यक्ष कप खुला पुरुष भलिबलको उपाधि मन्थली नगरपालिका ७ को मुगिखोला युवा क्लबले हात पारेको छ । आज भएको प्रतिस्पर्धात्मक अन्तिम  खेलमा  आयोजक टिम सुनापति गाउँपालिका खेलकुद विकास समितिलाई पराजित गर्दै मुगिखोला युवा क्लबले चौथो अध्यक्ष कपको उपाधि जितेको हो ।

विजेता क्लबले एक लाख ५० हजार पुरस्कार सहित  ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । त्यस्तै उपविजता आयोजक टिमले एक लाख पुरस्कार सहित ट्रफि मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । फाइनल खेलमा मुगिखोला युवा क्लबले ३/२ ले पराजित गरेको थियो । 

प्रतियोगितामा तृतीय स्थान हासिल गर्ने जि एन ई बि एस माकादुमले पचास हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ । जि एन ई बि एस माकादुमसँग पराजित भएर सान्त्वना भएको बेथान युवा समाजले २५ हजार पुरस्कार सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।

       सो प्रतियोगिताका विजयी टीम तथा खेलाडिहरुलाइ सुनापति गाउँपालिकाका अध्यक्ष ठुलो कान्छा तामाङ उपाध्यक्षा गीता विष्ट र प्रमुख प्रशासकिय अधिकृत सुरेशकुमार श्रेष्ठ लगाएतले पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए ।