लोकतान्त्रिक खेलकुद संघमा पौडेल
9 महीना पहिले प्रकाशित
रामेछाप । नेपाली काँग्रेसको भातृ संस्था नेपाल लोकतान्त्रिक खेलकुद संघ रामेछापको अध्यक्षमा लिखु तामाकोशी गाउँपालिकाका पुष्कर पौडेल निर्बिरोध निर्वाचित भएका छन् ।
शनिबार मन्थलीको बिपी स्मृति भवनमा भएको प्रथम जिल्ला अधिवेशनले पौडेललाई निर्बिरोध अध्यक्षमा चयन गरेको हो । संघमा अन्य पदाधिकारी तथा सदस्यहरु, प्रदेश सभा संयोजक र स्थानीय तह संयोजक समेत निर्बिरोध चयन भएका छन् ।
संघले दिएको जानकारी अनुसार उपाध्यक्षमा शुशिल तामाङ र छाया तामाङ, सचिवमा संतोष खत्री, सह सचिवमा अनिल कर्माचार्य र कोषाध्यक्षमा आषिश कार्की रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा सुदिप थापामगर, भोजवहादुर सुनुवार, एल्सन श्रेष्ठ, कमल तिमिल्सीना, धावा लामा, निरज मगर, शेरवहादुर मगर, हिरा दाहाल, निर्मल केसी, हिमाल केसी, सरोज थापामगर, प्रज्वल खड्का, सुजन चौहान, सुभराज सुनुवार, अनिल तामाङ, अमृता माझी, रमेश पौडेल, सविता कार्की र सुरेश कार्की समेत सर्बसम्मत रुपमा चयन भएको संघले जनाएको छ ।
संघको प्रदेश समिति क को संयोजकमा हिरो तामाङ र ख को संयोजकमा नबराज पौडेल चयन भएका छन् । त्यसैगरी मन्थली नगरपालिकाको संयोजकमा सविन केसी, रामेछाप नगरपालिकाको संयोजकमा श्याम थापा, लिखु तामाकोशी गाउँपालिकाको संयोजकमा होमवहादुर थापामगर, उमाकुण्ड गाउँपालिकाको संयोजकमा भोजवहादुर सुनुवार, दोरम्बा शैलुङ गाउँपालिकाको संयोजकमा भरत खत्री, सुनापति गाउँपालिकाको संयोजकमा युवराज चौलागाई र खाँडादेवि गाउँपालिकाको संयोजकमा धनसिं थोकर सर्वसम्मत निर्वाचित भएका छन् ।
संघको प्रथम जिल्ला अधिवेशन तदर्थ समितिका संयोजक पुष्कर पौडेलको अध्यक्षतामा भएको थियो । अधिवेशनमा नेपाली काँग्रेस रामेछापका कार्यबाहक सभापति लेखवहादुर कार्की र महासमितिका सदस्य ध्र्वहरी ढुंगेल लगाएतले संघको भूमिकाका बारेमा आ आफ्ना धारणा प्रकट गरेका थिए ।
कमेन्ट गर्नुहोस्
बदनाम पहिचानलाई रुपान्तरण गर्दैै गौश्वाराका बासिन्दा
रामेछाप । चोरी गर्नेहरुको गाउँ भनेर बदनाम कमाएको गौश्वाराका बासिन्दा अहिले पहिचान रुपान्तरण तिर लागेका छन् । गौ..
12 घन्टा पहिले
रामेछाप काँग्रेसबाट गरिने उमेदवार सिफारीस दरखास्तबाटै
रामेछाप । नेपाली काँग्रेस रामेछापले आसन्न प्रतिनिधि सभा निर्वाचन र राष्ट्रिय सभा निर्वाचनमा उमेदवार हुन चाहनेल..
22 घन्टा पहिले
रामेछापका मदिरा व्यवसायी संगठित
रामेछाप । रामेछाप जिल्लामा मदिराको व्यापार व्यवसाय गर्दै आएका व्यवसायीहरु संगठित भएका छन् । शनिबार मन्थलीमा आय..
2 दिन पहिले
पाँच स्वास्थ्य शिविरमा १ हजार ४ सयको उपचार
रामेछाप । अमेरिकाको ग्लोबल फष्ट रेस्पोण्डर र तामाकोशी अस्पतालका चिकित्सकहरुले विभिन्न ५ स्थानमा निशूल्क स्वास..
2 दिन पहिले
सुनापतिको लुभु देखि हिलेदेवि सम्म अवको केहि महिनामै काल..
रामेछाप । पश्चिमी रामेछापको लुभु देखि हिलेदेवि सम्मको कष्टकर सडक यात्रा अवको केहि महिनामा हटाउने गरी सडक सुधारक..
3 दिन पहिले
संवाददाता
