रामेछाप । नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनमा रामेछापका नेताहरुले पनि केन्द्रीय समितिमा आकांक्षा राखेर उम्मेदवारी घोषणा गरेका छन् । केन्द्रीय समितिका लागि भाेली निर्वाचन हुने तालिका रहेको छ ।
केन्द्रीय समिति सदस्यमा उम्मेदवारी घोषणा गर्नेहरुमा केन्द्रिय सदस्य बिनिता खड्का, पूर्व जिल्ला सभापति रामचन्द्र खड्का, पूर्व जिल्ला सभापति लबश्री न्यौपाने, नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य उत्तम कार्की, प्रकाश कटुवाल, कुमारी हायु, ज्योति सुनुवार र मुक्तवहादुर महते रहेका छन् । उनीहरुले विभिन्न समूह बाट उम्मेदवारी दिने तयारी गरेका छन् ।
उम्मेदवारीको आकांक्षी मध्ये बिनिता खड्का बिषेश महाधिवेशनबाट केन्द्रीय सदस्य बनेकी हुन् भने अरु कुनै पनि नेताहरु केन्द्रीय समितिमा पुगेका छैनन् ।
