रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको क्रममा असोज १३ गते रामेछापमा भएको संघीय महाधिवेशन प्रतिनिधिको मत गणना सकिएको छ । कुल १ हजार ७ सय १३ जना मतदाताले खसालेको मत शुक्रबार साँझ अवेर गनेर सकिएको हो । प्रदेश पदाधिकारी र प्रदेशका महाधिवेशन प्रतिनिधिहरुको मतगणना जारी रहेको छ ।

शुक्रबार सकिएको मत गणनाको अन्तिम नतिजा अनुसार संघीय महाधिवेशन प्रतिनिधिमा खुला र समावेश विभिन्न क्षेत्र तथा बर्ग बाट ३३ जना निर्वाचित भएको जिल्ला निर्वाचन समितिले जनाएको छ । रामेछापबाट ३२ जना महाधिवेशन प्रतिनिधिको लागि निर्वाचन भएकोमा १ जना केन्द्रीय निर्वाचन समितिको निर्देशन बमोजिम थप गरी ३३ जनालाई निर्वाचित भएको घोषणा गरिएको हो । महाधिवेशन प्रतिनिधिका लागि कुल १ सय ८ जना प्रतिस्पर्धामा रहेका थिए ।

समितिले प्रकाशित गरेको निर्वाचित हुनेहरुको सूचिमा दिपक खड्का, रामचन्द्र खड्का, निरोज खड्का, कमान खड्का ( दिपेन्द्र ) बिनिता खड्का, चिना खड्का कार्की, श्रृजना खड्का, निरोज खड्का, काजीवहादुर खड्का, लेखवहादुर कार्की, विनोद कार्की, उर्मिला कार्की, उत्तम कार्की, केशव महत, प्रकाश कटुवाल, विनोद बुढाथोकी, सुन्दर चालिसे, लबश्री न्यौपाने, एन्जिला न्यौपाने, रामकुमारी डाँगी, कुमारी हायु, ज्योति सुनुवार, ज्ञानु श्रेष्ठ, सन्ध्या घतानी, सुरेश सुवेदी, मुत्तवहादुर महते, आँधि लामा ( सनक ) राजेशकुमार श्रेष्ठ, गेल्जे शेर्पा, तोरण बहादुर सुनुवार, नबराज थोकर, गुणराज भट्टराई ( आकाश ) ई. नारायण घिमिरे र अर्जुन केसी रहेका छन् ।

जिल्ला निर्वाचन समितिका अनुसार प्रदेश पदाधिकारी र प्रदेश महाधिवेशन प्रतिनिधिहरुको मतगणना अझै जारी रहेको छ । शनिबार बेलुका सम्म दुवै प्रदेशहरुको मतगणना कार्य सम्पन्न गर्ने अपेक्षा गरिएको छ ।