रामेछाप- विश्व भलिवल दिवसको अवसरमा मैत्रीपूर्ण भलिबल प्रतियोगिता सञ्चालन गरिएको छ । जिल्ला भलिबल खेलकुद सङ्घ रामेछापको आयोजनामा एक दिवसीय मैत्रीपूर्ण भलिबल प्रतियोगिता सम्पन्न गरिएको हो । सोमवार मन्थलीस्थित जिल्ला समन्वय समितिको प्राङ्गणमा सम्पन्न उक्त प्रतियोगितामा मन्थली नगरपालिका भित्रका जनप्रतिनिधिहरु र खेलकुद सङ्घका पदाधिकारीहरुको उत्साहजनक सहभागिता रहेको थियो । प्रतियोगिताको उद्घाटन मन्थली नगरपालिका प्रमुख लव श्रेष्ठले गरेका थिए । नगरप्रमुख श्रेष्ठले भलिबलजस्तो लोकप्रिय खेलले युवाहरुलाई अनुशासन, स्वास्थ्य र सामाजिक सद्भावको मार्गमा डोर्याउँने विश्वास व्यक्त गरे ।
प्रतियोगितामा जिल्लाका युवा, खेलप्रेमी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो । जिल्ला भलिवल खेलकुद सङ्घका सदस्य मनिक तामाङले विश्व भलिबल दिवसजस्ता दिवसहरू खेलकुदको महìव उजागर गर्ने र नयाँ पुस्तामा खेलप्रति रुचि जागाउने माध्यम भएको बताए । प्रतियोगितामा सहभागि सबै टोलीलाई प्रमाणपत्र तथा ट्रफी वितरण गरिएको थियो ट्रफि रामेछाप जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सिताराम कार्कीद्धारा वितरण गरिएको थियो । उक्त कार्यक्रममा सङ्घका पदाधिकारी, प्रशिक्षक, पूर्वखेलाडीहरू तथा स्वयंसेवकहरूको समेत सक्रिय भूमिका रहेको थियो । यस किसिमका कार्यक्रमले जिल्लामा भलिबल खेलको प्रवर्धनमा थप योगदान पु¥याउने विश्वास व्यक्त गरिएको छ ।
