रामेछाप । नेकपा एमालेको भातृ संगठन नेपाल खेलकुद महासंघ रामेछापको तेश्रो जिल्ला अधिवेशनले तेज घिसिङको अध्यक्षतामा नयाँ कार्य समितिको निर्बिरोध चयन गरेको छ ।
मंगलबार मन्थलीमा भएको उक्त अधिवेशनको महासंघका केन्द्रीय महासचिव धरमवहादुर लामाले उद्घाटन गरेका थिए । उद्घाटन कार्यक्रममा नेकपा एमालेका पोलिटव्यूरो सदस्य तथा रामेछाप जिल्ला ईन्चार्ज कमलप्रसाद चौलागाई, महासंघका केन्द्रीय कोषाध्यक्ष उज्वल सुवेदी, एमाले जिल्ला अध्यक्ष पुरुषोत्तम कडरीया र महासंघका स्थायी समिति सदस्य हरीबंश कडरीया र महासंघका जिल्ला ईन्चार्ज सविन उप्रेती लगाएतले नेपाल खेलकुद महासंघले खेल्नु पर्ने भूमिकाको बारेमा आ आफ्ना धारणा राखेका थिए ।
जिल्ला अध्यक्ष तेज घिसिङको अध्यक्षताम भएको उक्त अधिवेशले सुदिप सुनुवार र रमेश चापागाईलाई उपाध्यक्षमा , राजकुमार केसी सचिवमा, रोशन राउत र प्रेम पुवाँर उप सचिवमा र गौतम आरण कोषाध्यक्ष पदमा निर्बिरोध चयन गरेको छ ।
समितिको सदस्यहरुमा राधिका कार्की, केवि सुनुवार , उमेश श्रेष्ठ, मदन रायमाझी, प्रहाद कटुवा, मोहन कार्की निर्बिरोध निर्वाचित भएको नेपाल खेलकुद महासंघ रामेछापले जनाएको छ ।
