+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com
सोमबार १५ बैशाख २०८२

सिजनको भन्दा दोब्बर भाउमा बिक्यो चिस्यान केन्द्रको जुनार

19 दिन पहिले प्रकाशित

टीकाप्रसाद भट्ट
रामेछाप – रामेछाप नगरपालिका ६ ओख्रेनीका किसान हरीवहादुर तामाङले आफ्नो चिस्यानकेन्द्र ( कुलबुट ) मा राखेको जुनार सिजनको भन्दा झण्डै दोब्बर मोलमा बेचेका छन् ।

‘मैले झण्डै ४ टन जुनार चिस्यान केन्द्रमा राखेको थिए ’ तामाङले भने – प्रति केजि १ सय ३० देखि १ सय ५० रुपैयाँ सम्म लिएर विक्री गरे । उनले थोरै काठमाडौं र धेरै जस्तो जुनार सिन्धुलीका व्यवसायीले लगेको वताए । सोमबार मात्र उनको चिस्यान केन्द्र खाली भएको हो । अफ सिजनको जुनार विक्री गर्दा उनले एकमुष्ट साँढे ५ लाख भन्दा बढी रकम लिन सफल भए ।

जुनारको व्यवसायीक खेति गरेका तामाङले सिजनमा प्रति केजि ७० देखि ८० रुपैयाँ भन्दा बढी मोलमा जुनार विक्री गर्न सकेका थिएनन् । ‘जुनार पाक्ने सिजनमा सबैको एकै साथ हुन्छ, भाउ आउदैन् ’ तामाङ भन्छन् – भाउ अभिवृद्धिका लागि चिस्यान केन्द्रमा राखेर अहिले विक्री गरेका हौं , सोचे बमोजिम भाउ पनि आयो ।

ओख्रेनीकै किसान धनवहादुर घिसिङले सिजनमा ५० रुपैयाँ केजिमा जुनार विक्री गरेका थिए । उनले प्रधानमन्त्री कृषि आधुनिकी परियोजना रामेछापको सहयोगमा निर्माण गरेका दुई वटा चिस्यान केन्द्रमा ४ टन जुनार भने अफसिजनका लागि भण्डार गरी राखेका थिए । ‘मेरो भण्डारमा रहेका सवै जुनार दुई दिन अघी विक्री भएर सकिए, अव छैन्,’ मंगलबार टेलिफोनमा भएको कुराकानीका क्रममा घिसिङले भने – सिन्धुलीका व्यवसायीले प्रति केजि १ सय २५ रुपैंया केजिका दरले उठाए ।

ओख्रेनीकै किसान पदमवहादुर लामाले पनि झण्डै ५ टन जुनार आफ्नो चिस्यान केन्द्र (कुलबुट) मा राखेका थिए । उनले राखेको जुनार पनि सिन्धुलीकै व्यवसायीले लगे । ‘लगभग सकियो अव ’ लामा भन्छन् – यो साल प्रति केजि १ सय २५ का दरले वजारमा गयो । रसिलो र स्वादिलो जुनार गर्मी मौसममा उच्च दरमा विक्री हुने गर्छ । सिन्धुलीको विपी राजमार्गमा यात्रा गर्नेले अचेल जुनारको दानाको स्वाद पाईरहेका छन् । रामेछापको उत्पादन र भण्डारण भएपनि रामेछापको बजारमा भने जुनार पाइदैन् ।

जुनार नहुने ( अफ सिजन ) सिजनमा राम्रो मूल्य लिन सकिने भनेर प्रधानमन्त्री कृषि आधुनिकी परियोजना र रामेछाप नगरपालिकाले जुनार किसानहरुलाई चिस्यान केन्द्र निर्माण गर्न सघाएका हुन् । अघिल्ला केहि कुलबुटमा प्रधानमन्त्री कृषि आधुनिकी परियोजनाले मात्र सहयोग गरेको थियो । त्यसको प्रभाव राम्रो देखेपछि रामेछाप नगरपालिकाले पनि त्यसमा लगानी गर्न थालेको छ । नगरपालिकाको सहयोगमा ओख्रेनीको पुरानागाउँमा चिस्यान केन्द्र वनेको छ । तर उक्त केन्द्रमा यस बर्ष जुनार थिएन ।

विषेश सामाग्रीले वेरीएको बन्द कोठामा सानो एयरकण्डिसनको सहयोगले जुनारलाई चिसो पारेर राख्ने ओख्रेनीका किसानहरु राम्रो भाउ पाएपछि हौसिएका छन् । चिस्यान केन्द्रमा पौषको अन्तिम तिर राखिएको जुनार अधिकांश राम्रो अवस्थामानै वजार गएको छ । ‘लगभग ३ प्रतिशत सम्म बिग्रीयो अरु सबै राम्रै बसेको रहेछ’ लामाले भने – त्यति मात्र विग्रनु भनेको धेरै होईन् । प्लाष्टिकको क्रेटमा मिलाएर राखेको जृुनारलाई नियमित रुपमा एयरकण्डिसन चलाईदिईरह्यो भने नविग्रने उनको भनाई छ । ‘जुनार टिप्दा झरेको या अन्य कुनै कारणबाट ठक्कर खाएको जुनार भने विग्रन्छ ’ लामाले भने – अरु हम्मेसी विग्रदैन् । चिस्यान केन्द्रमा जुनार राख्दा ढुसीनासक विषाधि चाँहि प्रयोग गरिएको हुन्छ ।

अर्को सिजनका लागि जुनारको रुखमा अहिले मसिना दाना लाग्न थालेका छन् तर किसानहरु भने अघील्लो बर्षकै जुनारको मेलो मैजारो गर्दैछन् । ‘जुनार किसानहरुलाई फलको मूल्य अभिवृद्धि गर्न कुलबुटले धेरै सहयोग गरेको छ’ प्रधानमन्त्री कृषि परियोजना रामेछापका प्रमुख थिरलाल गैह्रेले भने – अरु क्षेत्रमा पनि चिस्यान केन्द्र बनाउन स्थानीय सरकारले अभियान थाल्नु पर्ने देखिएको छ । परियोजनाले स सना क्षमताको कुलबुट निर्माणमा सहयोग गर्ने उनले वताएका छन् ।

चिस्यान केन्द्रमा नियमित बत्ती चाहिन्छ । थोरै अवधि बत्ति जादाँ त समस्या हुदैन चिस्यान केन्द्र संचालक धनवहादुर घिसिङ भन्छन् – लगातार १०÷१२ घण्टा विजुली गयो भने निन्द्रा हराउछ । लाखौंको जुनार चिस्यान केन्द्रमा राखेका किसानहरुले विजुलीको बैकल्पिक व्यवस्था गरेका छैनन् । ‘हामीले परियोजना सँग सोलार या जेनेरेटर माग गरेका हौं तर प्राथमिकतामा परेको छैन्’ घिसिङले भने – कुनै बेला हावा हुरी या अन्य कारणले लामो अवधि वत्ति गईदियो भने हाम्रो जुनार कुलबुटमै कुहिएर सकिने ठुलो भय छ ।

जिल्ला सदरमुकाम मन्थलीमा बागमति प्रदेश सरकार र मन्थली नगरपालिकाको सहकार्यमा निर्माण भएको चिस्यान केन्द्र संचालनमा आउन सकेको छैन् । ५ सय टन क्षमताको उक्त चिस्यान केन्द्र संचालनमा आएको खण्डमा जुनार सुन्तला किवि र अन्य फलफुलका साथै तरकारीबाट किसानले गुणात्मक आर्थिक लाभ लिन सक्ने परियोजना प्रमुख गैह्रेले वताए ।

रामेछापमा ओख्रेनी, रामपुर, सालु, सुनारपानी, सुकाजोर, रामेछाप, हिमगंगा, फुलासी र डडुवा जस्ता क्षेत्रमा व्यवसायीक रुपमा जुनार सुन्तलाको खेति हुदै आएको छ । काभ्रे जिल्लाको सिमा जोडिएका लखनपुर र बेथानमा समेत जुना सुन्तला हुने भएपनि उक्त क्षेत्रको जुनार सुन्तलाको वजार भने काभ्रे जिल्ला रहदै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

असिनाले फलफुल र बालिनालीमा क्षति

रामेछाप । मन्थली नगरपालिका १३ फुलासीको चिण्डे क्षेत्रमा आज अपरान्ह परेको असिनाले बालिनाली र फलफुलमा क्षति पु¥य..

10 घन्टा पहिले

मुस्ताङमा जलवायु संकट

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा जलवायु संकट देखा पर्न थालेको छ । जलवायु परिवर्तनका कारण मुस्ताङमा खानेपानीका �..

24 घन्टा पहिले

ज‌ंङ्गलका बिचमा लाेभलाग्दा पाेखरी 

टीकाप्रसाद भट्ट रामेछाप । जंगलको विचमा सफा पानी भरिएका लाेभलाग्दा पोखरी । गर्मी बढेसगैं त्यहि पोखरीको पानीमा मय�..

2 दिन पहिले

गेलु आगलागि पिडितलाई राहत हस्तान्तरण

रामेछाप । गएराति भएको आगालागिबाट बसोसास गर्ने घर गुमाएका मन्थली ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठको परिवार..

2 दिन पहिले

गेलुमा आगलागीबाट २ घर नष्ट, आगो निभाउने क्रममा ३ जना घाईत�..

रामेछाप । विद्युत सर्ट हुदाँ घरमा भएको आगलागिमा परी मन्थली नगरपालिका ११ गेलुको गजपानीका फष्टवहादुर श्रेष्ठ घाई�..

2 दिन पहिले