रंजित चौरसिया, वीरगंज,
वीरगंज चैत्र २९ गते । पर्साको कालिकामाई गाउँपालिकाले शुक्रबार दिउसो नेपाल पत्रकार महासंघ पर्सा शाखाका नव निर्वाचित पार्टीगत पदाधिकारीहरुलाई सम्मान गरेको छ । महासंघ पर्सा शाखाको १८ जन नव निर्वाचित जिल्ला कार्य समितिका पदाधिकारीहरुमध्ये नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित १५ जनालाई मात्रै सम्मान गरिएको छ ।
नेपाली कांग्रेस निकट प्रेस युनियन, प्रचण्ड र माधव नेपाल निकट प्रेस संगठन, जसपा निकट प्रेस मञ्च र मधेशी पत्रकार समाजको गठबन्धनबाट निर्वाचित ३ जना कार्य समितिका सदस्यलाई सम्मान कार्यक्रमबारे जानकारी समेत गराइएको छैन् । नेकपा एमाले निकट प्रेस चौतारीबाट निर्वाचित महासंघको पदाधिकारी तथा सदस्यहरुलाई मात्र सम्मान गर्नुले गाउँपालिकाले पनि भेदभाव गरेको पुष्टि हुन्छ । संयुक्त गठबन्धनबाट महासंघको सदस्यमा निर्वाचित अजय चौरसियाले आफूलाई सम्मान कार्यक्रमबारे कुनै जानकारी नभएको बताए । यस्तै गठबन्धनबाटै सदस्यमा निर्वाचित नरेश सर्राफ र अमित अग्रवालले पनि गाउँपालिकाले वीरगन्जस्थित होटल पुजनमा आयोजना गरेको सम्मान कार्यक्रमबारे जानकारी नभएको बताए ।
सम्मान कार्यक्रमको तस्विरहरु सामाजिक सञ्जालमा सार्वजनिक भएको देख्दा सम्मान कार्यक्रमबारे थाहा भएको उनीहरुको भनाई छ । यसैगरि सम्मान कार्यक्रममा केन्द्रिय पार्षद र प्रदेश पार्षदमा निर्वाचित भएका पदाधिकारीहरुमाथि पनि गाउँपालिकाले भेदभाव गरेको छ । केन्द्रिय परिषद् सदस्य एवं प्रदेश परिषद् सदस्यमा निर्वाचित पदाधिकारीहरु मध्ये प्रेस चौतारीबाट निर्वाचित मात्रै पदाधिकारीहरुलाई सम्मान गरिएको छ । गठबन्धनबाट निर्वाचित प्रदेश परिषद् सदस्यलाई कार्यक्रम बारे जानकारी समेत गराइएको छैन । पार्टीका कार्यकर्ताहरुलाई नै सम्मान गर्नुपर्ने थियो भने नेपाल पत्रकार महासंघको नाम जोडेर सम्मान गर्नुले पत्रकारिता क्षेत्र पनि स्वतन्त्र नरहेको पुष्टि भएको छ । पर्सामा रहेको केही सञ्चारकर्मीहरुको योजनामा संचालित सञ्चारकर्मीहरुको गठबन्धनहरु नभई पार्टीको कार्यकर्ता भर्ती केन्द्र बनाएका छन् । आफूले गरेको भ्रष्टाचारी ढाकछोप गर्नका निम्ति गाउँपालिकाका जनप्रतिनिधिले आफ्नो निकट पार्टी नेतृत्वका सञ्चारकर्मीहरुलाई सम्मान गरेको देखिन्छ । बेला बखत कालिकामाई गाउँपालिकामा भएको भ्रष्टाचारीबारे सार्वजनिक भइरहेको अवस्थामा त्यसलाई ढाकछोप गर्नका निम्ति आप्mनो पार्टी निकट पत्रकारहरुलाई सम्मान गरेको टिका टिप्पणी हुन थालेको छ ।
सम्मान कार्यक्रममा गाउँपालिकाका केही जनप्रतिनिधि मात्रै उपस्थित हुनु र अरु अनुपस्थित नहुनुले नै गाउँपालिका भित्र पनि असन्तुष्टि रहेको बुझिन्छ । पत्रकार सम्मान कार्यक्रम बारे आफुलाई थाहा नभएको गाउँपालिकाका उपाध्यक्ष राजेश चौरसियाले वताए । वीरगंजस्थित पुजन होटलमा कार्यक्रम चलिरहदाँ आफु गाउँपालिका कार्यालमा रहेको वताउँदै आफुलाई सम्मान कार्यक्रम बारे जानकारी नरहेको वताए । यस्तै सम्मान कार्यक्रममा नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि उपस्थित नहुनु पनि पार्टीगत कार्यक्रम भएको पुष्टि गरेको छ । गाउँपालिकामा बोलाएर सबै पत्रकारलाई सम्मान गर्नु पर्नेमा वीरगंजस्थित तीन तारे होटलमा सम्मान गर्नु जनताको रकम दुरुपयोग गर्नु काम भएको गाउँबासीको प्रतिक्रिया छ । केही समय पहिला मात्र कालिकामाई गाउँपालिकाका जनप्रतिनिधिले विपद व्यवस्थापनको रकमबाट भत्ताको नाममा एक÷एक लाख रुपया भाग बंडा लगाएका थिए ।
यता शुक्रबार नै वीरगंजमा आयोजित राष्ट्रिय जनगणनाको जिल्लास्तरिय कार्यक्रममा सहभागि नभएका गाउँपालिका अध्यक्ष नथुनी प्रसाद कुशवाहा पार्टीगत पत्रकार सम्मान कार्यक्रममा सहभागि भएको देखिएका छन् ।
कालिकामाई गाउँपालिकाद्वारा महासंगमा निर्वाचित पार्टीगत पत्रकारलाई सम्मान
5 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
सुनापतिमा सार्वजनिक सुनुवाई
रामेछाप । रामेछापको सुनापति गाउँपालिकामा आर्थिक बर्ष २०८२।०८३ को तेश्रो चौमासिक सुनुवाई कार्यक्रम सम्पन्न भएक..
1 दिन पहिले
रामेछापमा पशुपतिनाथ मन्दिरको उद्घाटन
रामेछाप । रामेछाप नगरपालिका ८ मा पुननिर्माण गरिएको पशुपतिनाथ मन्दिरको बुधबार उद्घाटन गरिएको छ । गौरीशंकर मावि न..
1 दिन पहिले
निर्माण थालेको ७ बर्षमा शितभण्डारको बल्ल परिक्षण संचाल..
रामेछाप – जिल्लामा उत्पादित फलफुल तथा तरकारीहरु सुरक्षित राख्न रामेछापको सदरमुकाम मन्थली नगरपालिका १ सानीमदौ..
2 दिन पहिले
साउन देखि रामेछापमा कृषि र पशुपंक्षि सम्बन्धि काम गर्ने ..
रामेछाप । बागमति प्रदेश सरकारले रामेछाप जिल्लामा पशुपंक्षिको क्षेत्रको समेत काम गर्ने गरी कृषि विकास कार्यालयल..
2 दिन पहिले
सरकारले बिपी पार्क निर्माणका लागि बजेट दिएन, अधुरै अवस्थ..
सिन्धुली । सरकारले प्राथमिकताका साथ निर्माण थालेको विपी पार्क अधुरै अवस्थामा गाउँपालिकालाई हस्तान्तरणको तयार..
3 दिन पहिले
संवाददाता
