सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा परेर ९ जना घाईते भएका छन् । ईलाका प्रहरी कार्यालय खुर्कोटका अनुसार खुर्कोटमा यात्रुहरुलाई खाना खुवाएर चढाउने क्रममा बस ब्याक हुदै झरेको थियो ।

दुर्घटनामा परेको बस बाट यात्रुहरुलाई तत्काल उद्धार गरी नजिकैको अस्पतालमा प्रारम्भिक उपचार गराइएको थियो । घाईतेहरुको अवस्था सामान्य रहेको पनि प्रहरीले जनाएको छ ।