रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको छ ।
निमित्त प्रमुख जिल्ला अधिकारी रामवहादुर केसी र प्रहरी नायव उपरिक्षक सन्तुलाल प्रसाद जैसवारले प्रहरी संगठन र यसले शान्ति सुरक्षा, विपत व्यवस्थापन र अपराध अनुसन्धान जस्ता महत्वपूर्ण कार्य संपादन गर्दै समाजमा अमनचयन कायम गराउनका लागि उल्लेख्य भूमिका निर्वाह गरेको वताएका थिए ।
कार्यक्रममा जिल्लामा उत्कृष्ट कार्य गर्ने प्रहरी कर्मचारीलाई पुरस्कृत गर्नुका साथै सामुदायिक स्तरमा प्रहरीको कार्यमा सहयोग गर्ने विभिन्न व्यक्तिहरुलाई प्रशंसा पत्र प्रदान गरिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ ।
सोहि अवसरमा यसअघी जिल्ला प्रहरी कार्यालय परिसरमै प्रहरी कर्मचारीहरुले रक्तदान समेत गरेका थिए ।
