रामेछाप — रङहरूको उत्सव होली पर्व आज रामेछापका बिभिन्न स्थानमा उल्लासपूर्वक मनाईएको छ । एक अर्कामा अबीर दलेर बिभिन्न उमेर समूहले होली पर्व हर्षोल्लास साथ मनाएका छन् ।
सरकारले तराई र पहाडमा फरक फरक दिनमा होलीको बिदा दिने गरेको छ । यो वर्ष होलीका अवसरमा बिहीबार पहाडमा सरकारले सार्जनिक बिदा दिएको छ । रङहरुमा रमाएर हर्षोल्लासपूर्वक होली मनाउन स्थानिय प्रशासनले गरेको आग्रह बमोजिम जिल्लामा शान्तिपुर्ण रुपमा होली पर्व सकिएको छ ।
होलीका अवसरमा साना बालबिलकाहरुले लोला देखि पिचकीरी खेलेर दिनभर रमाईले गरेका थिए भने युवा युवतिहरुले बनभोज लगाएतका कार्य गरेर होली मनाएका थिए । होली मनाउनका लागि मन्थली वजार प्राय दिनभर वन्द थियो ।
