रामेछाप । जिल्ला प्रशासन कार्यालय रामेछापले फागुन २९ गते मनाईने रंग र खुसीयालीको पर्व होली ( फागु ) सभ्य, भव्य र सुसंस्कृत रुपमा मनाउन जिल्लाबासीलाई आग्रह गरेको छ ।
रामेछापका प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले सोमबार सार्वजनिक सूचना मार्फत होली पर्व मनाउने क्रममा जवरजस्ती, अमर्यादित, गैरकानुनी र उत्श्रृंखल तरिकाले कसैको ईच्छा विपरित रंग दल्ने, लोला हान्ने, अनावश्यक दुख्ख दिने, बाटो ढुकेर बटुवालाई रंग लगाउने, बाटो ढुकेर सवारी साधनबाट रकम असुल्ने र मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने कार्यहरु नगर्न नगराउन आग्रह गरीएको छ ।
सूचनामा रंग खेल्ने क्रममा वातावरण र जनस्वास्थ्यमा प्रतिकुल असर गर्ने रंगिन वस्तुहरु, कमिकल र प्लाष्टिकजन्य सामाग्रीको प्रयोग नगर्न समेत आग्रह गरिएको छ । कानुन विपरितका कार्य भए गरेमा प्रचलित कानुन बमोजिम कारवाहि हुने समेत प्रशासनको सूचनामा उल्लेख छ ।
