रामेछाप – नेपाल डेरी एसोसिएसन रामेछापको अध्यक्षमा चिरञ्जीवि डेरीका संचालक भानुभक्त श्रेष्ठ चयन भएका छन् । आईतबार नेपाल डेरी एशोसियसनका केन्द्रीय अध्यक्ष प्रलाद दाहालको उपस्थितिमा रामेछाप जिल्लामा डेरी एसोसियन गठन गरीएको हो । एसोसियनको उपाध्यक्षमा मनोहर कार्की , सचिवमा किशोर पौडेल र केशरबहादुर खत्री चयन भएका छन् ।
यसैविच नेपाल डेरी एशोसियनका केन्द्रीय अध्यक्ष प्रलाद दाहालले आईतबारनै रामेछापका पत्रकारहरुका साथ नेपालमा दुग्ध व्यवसायले भोग्नु परेको समस्याको विबिध पक्षहरुमा प्रकाश पारेका थिए । नेपालमा हाल दैनिक ६२ लाख लिटर दुध उत्पादन हुने तर वजारमा ३१ लाख लिटर मात्र खपत भइरहेको अवस्था रहेको उनले वताए । लम्पी स्किन, आर्थिक मन्दि, कोरोना लगाएतका कारण ओरालो लागेको दुग्ध व्यवसाय पछिल्लो समय ठुलो संख्यामा वैदेशिक रोजगारीमा जाने क्रम बढेपछि पनि समस्यैबाट गुज्रिनु परेको दाहाले दुखेसाे गरे ।
नेपालका शहर वजारमा दुधको खपत धेरै हुने तर अव विस्तारै शहरका युवाहरु विदेशिने क्रम बढ्दै गएको र जिल्लाका सहरको रुपमा रहेको सदरमुकामको चहल पहल घटेर गाउँपालिका र नगरपालिकामा केन्द्र विस्तार हुने क्रम बढेकोले पनि दुध व्यवसाय मर्कामा परेको उनले दावि गरे । बढी भएको दुधको दुधजन्य पदार्थ बनाएर विक्री गर्ने अवस्था नभएको र खोरेतको उन्मुलन गर्न नसकेका कारण नेपालले बाह्य देशमा दुध तथा दुधजन्य सामाग्री निर्यात गर्न नसकेको कारण पनि व्यवसायीहरु थप संकटमा रहेको उनले वताए ।
आईतबारनै मन्थलीमा संचालन भइरहेको मिल्क एनलाईजर तालिमका सहभागि लाई प्रमाण पत्र समेत वितरण गरीएको थियो ।
