रामेछाप । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको नबौं स्थापना दिवसको अवसरमा रामेछाप जिल्लाको मन्थली बजारमा डस्टविन वितरण गरिएको छ । बजारमा फोहोरको मात्रा बढ्दै गएको र जथाभावि फोहोर हुन थालेपछि डस्सविनको प्रयोग गराउनका लागि उक्त कार्य गरिएको रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स मन्थली शाखाले जनाएको छ ।
रामेछाप उद्योग वाणिज्य संघले सो संस्था संगको सहकार्यमा डस्सविन वितरण गरेको हो । सोहि अवसरमा स्थानीय देवकोटाचोकको सफाई समेत गरिएको थियो । रिलायवल नेपाल लाईफ ईन्स्योरेन्स मन्थली शाखा प्रमुख शान्ता श्रेष्ठका अनुसार मन्थलीका विभिन्न स्थानमा रहने गरी ४० वटा डस्टविन वितरण गरिएको हो । उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठ, १ नम्बरका वडा अध्यक्ष होमप्रसाद पौडेल र रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठ लगाएतको सहभागिता रहेको थियो ।
डस्टविन वितरण पछि वजार क्षेत्रको फोहोर व्यवस्थापनमा सहयोग पुग्ने विश्वास कम्पनीले गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत सो कार्य गरेको हो । केहि अघी रामेछाप उद्योग वाणिज्य संघले रामेछापको मन्थलीमा रहेका बैंक तथा वित्तिय संस्था संग अन्तरक्रिया गर्दै सामाजिक उत्तरदायित्व अन्तरगतका क्रियाकलाप संघको सहकार्यमा गर्नका लागि आग्रह गरेको थियो ।
