रामेछाप । ठेक्का संझौता भएको ८ बर्ष पछि रामेछापको तामाकोशी नदी माथि निर्माणाधिन बेनीघाट पुलले तिब्रता पाएको छ । रामेछापको मन्थली नगरपालिका ६ र खाँडादेवि गाउँपालिका ४ का विचमा मध्यपहाडि सडक खण्डमा उक्त पुल निर्माणाधिन रहेको छ ।
पुलको ठेक्का २०७७ सालमा भएको थियो । पुलको निर्माण कार्य २०८० साल असार मसान्तमा पुरा गर्नुपर्ने गरी निर्माण व्यवसायी संग संझौता थियो । डिजाईन एण्ड विल्ड ठेक्का प्रणाली अन्तरगतको उक्त पुृलको काम सक्ने अवधि भन्दा तीन बर्ष पछि बल्ल निर्माण व्यवसायीले बल्ल पुलमा तिब्र रुपले काम गर्न थालेको हो ।
सुरुमा निर्माण व्यवसायीले पुल निर्माणका लागि झारेका सामान निर्माण स्थलमा असरल्ल परेका थिए, फलामे डण्डीमा खिया लागेर कालै भएको थियो । निर्माण स्थलमा झारिएका मेसिन चलेका थिएनन् । बालुवा र गिट्टीमा नजिकै रहेको सडककोे धुलो उडेर बराबरी जस्तो भईसकेको थियो । साईटमा निर्माण व्यवसायीका प्रतिनिधि या सम्पर्क व्यक्ति थिएनन् । तर अहिले त्यस्तो छैन् । दिनमा मात्र हैन् रातमा पनि पुलको काममा कामदारहरु खटिरहेका पाईन्छन् ।
तामाकोशी पुल निर्माणका लागि कालिका प्यासिफिक जेभि र मध्यपहाडि सडक आयोजना विच ठेक्का संझौता भएको थियो । ठेक्का संझौताको अवधिमा पुलको काम संतोषजनक नभएपछि तत्कालिन भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले ठेक्का तोड्ने आसयको पत्र दिएपछि निर्माण कम्पनी काममा जुटेको हो ।
तामाकोशीको बेनी पुलमा हाल मन्थली नगरपालिका तर्फको एउटा स्पानको काम बर्षायाममा पनि रोकिएको छैन् । उक्त स्पानको स्लाब ढलानका लागि रातदिन कामदारहरु खटिरहेका पाईन्छन् । विचको र खाँडादेवि गाउँपालिकामा पर्ने पिल्लरको काम पनि पुरा भएकाले बर्षायाम सकिना साथ उक्त पुलका बाँकी स्लाबको ढलान कार्यलाई समेत निरन्तरता दिने तयारी निर्माण व्यवसायी कम्पनीको छ ।
