रामेछाप । मन्थली नगरपालिका २ कठजोर खोला किनारमा रहेको एकवहादुर भुजेलको घरमा अहिले साँझ साढे सात बजे तिर आगलागि भएको छ । विद्युत चुहावट भएर आगलागि भएको अनुमान गरिएको उक्त घटनामा भुजेलको दुई तले कच्चि घर र घर भित्र रहेका सामानहरु जलेर नष्ट भएका छन् ।

घटनाको जानकारी हुना साथ करिव ६ किलोमिटर टाढाको जिल्ला सदरमुकाम मन्थलीबाट प्रहरी, शसस्त्र प्रहरी , मन्थली नगरपालिकाको दमकल सहितको टोली पुगेर आगो निभाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ । घरमा आगो लाग्न थालेपछि भुजेलकी श्रीमति उर्मिला भुजेल बेहोस भएकी र उनीलाई प्रहरीको सवारी साधनमा उपचारका लागि मन्थली अस्पताल तर्फ पठाइएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा भएको क्षतिको विवरण भने अझै एकिन हुन सकेको छैन् ।