रामेछाप । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका लागि रामेछापका अगुवा व्यवसायी श्याम थापाले प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा ५ लाख ११ हजार सहयोग गरेका छन् । रामेछापबाट व्यवसायीले गरेको यो पहिलो र ठुलो सहयोग राशि हो । थापाले सोमबार प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा उक्त रकम जम्मा गरेका छन् ।
रामेछाप उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष समेत रहेका जेएस मार्केटिङ प्रालिका संचालक थापा रामेछाप जिल्लालाई केन्द्रमा राखेर विभिन्न सामाग्रीहरुको थोक विक्री गर्ने गर्छन् । उनले यस अघी पनि विभिन्न प्रकोप तथा सामाजिक कार्यमा उल्लेख्य सहयोग गर्दै आएका छन् ।
