रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट बनाएर क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रामेछाप जिल्लाको गोकुलगंगा गाउँपालिकाका रास्वपाका नेता भगवान कार्की रहेका छन् । कार्की रास्वपाले आन्तरिक रुपमा आसन्न स्थानीय चुनावमा उम्मेदवार हुनका लागि प्रयोगमा ल्याएको क्याण्डिनेन्ट क्लबमा आफ्नो नाम दर्ता गराउने स्थानीय नेता हुन् । उक्त क्लबमा दर्ता भएका नामहरुबाट पालिकामा उम्मेदवार वनाउने रास्वपाको तयारी छ ।
प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफूले १ लाख २० हजार रुपैयाँ सहयोग गरेको भन्दै नक्कली बैंक स्टेटमेन्ट तयार गरी सामाजिक सञ्जाल मार्फत प्रचार गरेर भ्रम श्रृजना गरेको अभियोगमा उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । प्रहरीले उनले प्रचार गरेको स्टेटमेण्ट समेत सार्वजनिक गरेको छ ।
कार्कीले उक्त नक्कली स्टेटमेन्ट बनाउनका लागि च्याटजीपीटीको प्रयोग गरेका थिए । त्यसमा आफ्नो क्यूआर कोड समेत राखेर सामाजिक सञ्जालमा पोस्ट गरी सहयोग गरेको नक्कली प्रचार गरेकाे प्रहरीकाे दावि छ ।
