काठमाडौ । चीनको तिव्वत हुदै भोटेकोशीमा बुधबार विहान आएको विनाशकारी बाढीमा परेर मृत्यू हुनेको संख्या १ सय ५७ पुगेको छ । बुधबार राती साढे ११ बजे सम्म ति शवहरु फेला परेका हुन् । बाढीले बगाएका शवहर सबैभन्दा बढी चितवनमा फेला परेका छन् ।

खोज तथा उद्धार टोलीले रातभरी पनि काम जारी राखेको छ । प्रभावित क्षेत्रमा ड्रोन लगाएतले समेत खोजि जारी राखेका छन् । सरकारले रसुवा, नुवाकोट क्षेत्रमा बुधबार मध्य रातीनै राहत सामाग्रीहरु पठाएको छ । केन्द्रीय विपत व्यवस्थापन समितिले विभिन्न सामाग्री सहितका ८ गाडि राहत सामाग्रि त्यस तर्फ पठाइएको गृह मन्त्रालयले जनाएको छ । भारतले बुधबार रातिनै शैनिक विमानमा राहत तथा उद्धार सामाग्री काठमाडौ पठाएको छ । उक्त सामाग्रीहरु समितिले जिम्मा लिएको छ ।

बाढीमा परेर क्षति भएको जनधनको विवरणहरु एकिन हुन सकेको छैन् । चीनको मानसरोवर जाने र गोसाईकुण्ड जाने तिर्थ यात्रीहरु, चीन संग व्यवसायीक कारोवार गर्दै आएका व्यवसायीहरु, सवारीसाधन चलाउनेहरु, विच बाटोमा रहेका सवारी साधनका यात्रुहरु, विद्युत आयोजनाहरुमा काम गर्नेहरु, नदी किनारका बासिन्दाहरु कयौं सम्पर्कमा छैनन् । बाढी गएको घण्टौ सम्म पनि परिवारको सम्पर्कमा नआउनेहरु बाढीमा बगेको या पुरिएको हुन सक्ने आशंका गरि खोजि गर्न थालिएको छ । सम्पर्क हुन नसकेका सदस्यहरुका आफन्तले उनीहरुको नाम संकलन गरी सरकार तथा खोजकर्तालाई दिइरहेका छन् । सामाजिक सञ्जालमा सम्पर्कमा आउन नसकेकाहरुको नाम धमाधम सार्वजनिक हुन थालेका छन् ।

यसैविच रामेछाप जिल्लाका विभिन्न पालिकाहरु बाट विभिन्न कामको सिलसिलामा त्यस तर्फ रहेका व्यक्तिहरुको समेत नाम सार्वजनिक भएको छ । सम्पर्क नहुनेमा रामेछाप नगरपालिका ७ सुकाजोरका सुमन विक्रम कार्की लगाएत १९ जना रहेको विवरण सामाजिक सञ्जालहरुमा सार्वजनिक भएका छ ।

यस्तो छ सूचि