रामेछाप । चीनको तिब्बत बाट बुधबार विहान आएको बाढीले नेपालको त्रिशुली नदी वहाव क्षेत्र र आसपासमा गरेको ठुलो जनधनको क्षति प्रति रामेछाप उद्योग वाणिज्य संघले गहिरो दुख्ख व्यक्त गरेको छ ।
बाढीले व्यवसायीहरुले संचालन गरेका व्यवसाय देखि सार्वजनिक तथा निजी सम्पत्तिमा पु¥याएको क्षति प्रति संघले चिन्ता व्यक्त गर्दै अझै पनि बाढीजन्य जोखिम कायमै रहेकोले सतर्क रहन समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष प्रकाशकुमार श्रेष्ठले बुधबार जारी गरेको विज्ञप्तिमा यस विपतको घडीमा मृत्यू भएका प्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाईतेहरुको सिघ्र स्वास्थ्यलाभको कामना गरिएको छ । संघले उक्त घटनामा वेपत्ताहरुको खोज तथा उद्धारमा जुटन जनसमुदायमा अपिल पनि गरेको छ । संघले विपतको समयमा जतिसक्दो छिटो खोज तथा विपत प्रतिकार्यमा आफ्नो संयन्त्र परिचालक गर्न नेपाल सरकार समक्ष माग समेत गरेको छ ।
बुधबार विहान भोटेकोशी हुदै त्रिशुलीमा आएको बाढीले ठुलो संख्यामा जनधनको क्षति गरेको छ । कयौं वेपत्ता भएका छन् । घाईतेहरुको उद्धार गरेर अस्पतालहरुमा ल्याउने क्रम जारी छ । सरकारले बाढीमा फसेकाहरुको हेलिकप्टर लगाएतका साधन प्रयोग गरेर उद्धार गरिरहेको छ । नेपाली सेना लगाएत सुरक्षाकर्मी परिचालन गरि जनजिवनलाई सामान्य तर्फ ल्याउनका लागि प्रयत्न जारी छ ।
