+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

रामेछाप उद्योग वाणिज्य संघले मनायो बार्षिकोत्सव

9 महीना पहिले प्रकाशित

रामेछाप । रामेछाप उद्योग वाणिज्य संघको ३२ औं बार्षिकोत्सवका क्रममा जिल्लामा उद्योग र वाणिज्यको क्षेत्रमा संघले खेलेको भूमिकाका बारेमा चर्चा गरीएको छ ।


कठिन र असुविधा भएको अवस्थामा स्थापना भएको रामेछाप उद्योग वाणिज्य संघले यस विचमा थुप्रै संस्थागत र व्यवसायीक क्षेत्रको काममा फड्को मारेको सो अवसरमा बक्ताहरुले जोड दिएका थिए ।


रामेछाप उद्योग वाणिज्य संघका अध्यक्ष नबिनकुमार थापामगरको अध्यक्षतामा भएको बार्षिकोत्सव समारोहको मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले उद्घाटन गरेका थिए । कार्यक्रममा श्रेष्ठले रामेछाप उद्योग वाणिज्य संघले व्यवसाय र उपभोक्ता दुवैको हितमा कार्य गर्दै आएको भन्दै स्थानीय सरकारले संघ संगको सहकार्यमा विभिन्न कार्य गर्दै आएको उल्लेख गरे ।


प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेलले वाणिज्यको क्षेत्रमा रामेछाप उद्योग वाणिज्य संघले गरेको कार्यको प्रशंसा गर्दै अझै केहि सुधारको आवश्यकता रहेको वताए । स्थानीय प्रशासनले वजार अनुगमनको क्रममा कुनै पनि त्रुटि भेटन नदिने गरी व्यवसायमा सुद्धता तथा उपभोक्ता हितमा ध्यान दिनुपर्नेमा उनले जोड दिए ।


कार्यक्रममा नेपाली काँग्रेसका कार्यवाहक सभापति लेखवहादुर कार्की, नेकपा एमालेका उप सभापति होतराज ढकाल, नेकपा माओवादी केन्द्रका हेमन्त पौडेल, नेकपा एकिकृत समाजवादीका विकास पुलामी, राप्रपा नेपालका फणिन्द्र खड्का ,राप्रपाका रामचन्द्र कडेल, नेपाल पत्रकार महासंघका दिपक घिमिरे र जिल्ला सहकारी संघका हिमाल ढुंगेल लगाएतले रामेछाप उद्योग वाणिज्य संघको बार्षिकोत्सवको अवसरमा शुभकामना दिएका थिए ।


कार्यक्रममा रामेछापमा लामो समय सम्म व्यवसाय गर्दै आएका संघका सदस्यहरु रामहरी उप्रेति, रामशरण चोच्छे श्रेष्ठ र महेश्वर कर्माचार्य र रामेछाप उद्योग वाणिज्य संघका पदाधिकारीहरु प्रकाश श्रेष्ठ, जयप्रकाश श्रेष्ठ र भिमसेन थापालाई सम्मान गरीएको थियो ।


रामेछाप जिल्लाका विभिन्न दुरदराजका झण्डै १ हजार ४ सय सदस्यहरु माझ व्यवसाय र व्यवसायीको हक हितको क्षेत्रमा काम गर्दै आएको छ । बार्षिकोत्सवकै कार्यक्रममा रामेछाप उद्योग वाणिज्य संघले आफ्नो वेबसाईटको सार्वजनिक समेत गरेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले