रामेछाप । माझी समुदायको महान चाड लदी पूजा ( नदी पूजा ) को अवसरमा नेपाल माझी विद्यार्थी संघले आयोजना गरेको सांस्कृति कार्यक्रम तथा खुल्ला माझी नृत्य प्रतियोगितामा मन्थलीकी टपशिला माझी प्रथम भएकी छिन् ।


काफल गेडि कुटुक्क बोलको गितमा टपशिलाले उत्कृष्ट नृत्य प्रश्तुत गरेकी थिईन । प्रतियोगितामा खाँडादेविको कोथपेको सामुहिक नृत्य द्धितिय, मन्थलीको सामुहिक नृत्य तृतिय र रामेछाप नगरपाकिलाको धनेघाटकी हिरता माझीले सान्त्वना स्थान प्राप्त गरेकी थिईन ।


प्रतियोगितामा प्रथम, द्धितिय, तृतिय र सान्त्वना स्थान प्राप्त गर्नेलाई नगद पुरस्कार क्रमस १० हजार ८ हजार ५ हजार र ३ हजार सहित शिल्ड, मेडल र प्रमाण पत्र वितरण गरिएको   थियो ।


नेपाल माझी विद्यार्थी संघका अध्यक्ष सुरेश माझीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा मन्थली नगरपालिकाका प्रमुख लब श्रेष्ठले माझी समुदायको महान चाड लदी पूजाका अवसरमा आयोजित उक्त प्रतियोगितामा विजयी भएका कलाकारहरुलाई पुरस्कार तथा प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा नगर प्रमुख श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी राजुप्रसाद पौडेल, माझी उत्थान संघका केन्द्रीय सचिव गोपाल माझी, नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष बद्री नयाँघरे लगाएतले लदी पूजाको शुभकामना दिएका थिए ।