+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

बगर लाई खेत बनाईदियो वडा कार्यालयले

9 महीना पहिले प्रकाशित

रामेछाप । गत असोजको १२ गते सुनकोशी नदीमा आएको बाढीले वगाएर बगर वनाएको सुकाजोरको धनेघाट र विर्ताटारको झण्डै ५० रोपनी खेतियोग्य फाँटलाई पुन खेतियोग्य जमिन वनाउन रामेछाप नगरपालिका वडा नम्बर ७ ले सघाएको छ ।


रामेछाप नगरपालिका ७ का वडा अध्यक्ष समिर कार्कीका अनुसार वडा कार्यालयको २ लाखको लागतमा सुनकोशी किनारमा वगर वनेको किसानको जग्गालाई पुन खेति गर्न सक्ने अवस्थामा फर्काइएको छ । धनेघाटको अधिकांश जग्गा सुनकोशीको बाढीले वगर वनाएको थियो ।


खेतियोग्य जमिन बालुवामा परिणत भएपछि किसानहरुले वडा कार्यालयलाई गुहारेका थिए । वडा अध्यक्ष कार्की भन्छन् – स्थानीय सरकारले सानो सहयोग गर्दा किसानले फेरी खेति गर्ने जग्गा बनेको छ । उनले विर्ताको केहि जग्गालाई पनि खेत वनाईदिएको वताए ।


सुनकोशी नदीको बाढीले रामेछाप तर्फको नुब्ुघाट, हर्दिनी, टार, विर्ता धनेघाट लगाएको क्षेत्रमा बढी क्षति पु¥याएको थियो । मन्थली नगरपालिका ६ मा पर्ने नबुघाटमा पनि सुनकोशीको बाढीले क्षति पु¥याएको स्थानमा पुन खेति योग्य जमिन बनाउने प्रयास भइरहेको छ । बाढीले उक्त स्थानमा सिंचाई कुलो समेत क्षतविच्छेद बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले