रामेछाप । गत असोजको १२ गते सुनकोशी नदीमा आएको बाढीले वगाएर बगर वनाएको सुकाजोरको धनेघाट र विर्ताटारको झण्डै ५० रोपनी खेतियोग्य फाँटलाई पुन खेतियोग्य जमिन वनाउन रामेछाप नगरपालिका वडा नम्बर ७ ले सघाएको छ ।


रामेछाप नगरपालिका ७ का वडा अध्यक्ष समिर कार्कीका अनुसार वडा कार्यालयको २ लाखको लागतमा सुनकोशी किनारमा वगर वनेको किसानको जग्गालाई पुन खेति गर्न सक्ने अवस्थामा फर्काइएको छ । धनेघाटको अधिकांश जग्गा सुनकोशीको बाढीले वगर वनाएको थियो ।


खेतियोग्य जमिन बालुवामा परिणत भएपछि किसानहरुले वडा कार्यालयलाई गुहारेका थिए । वडा अध्यक्ष कार्की भन्छन् – स्थानीय सरकारले सानो सहयोग गर्दा किसानले फेरी खेति गर्ने जग्गा बनेको छ । उनले विर्ताको केहि जग्गालाई पनि खेत वनाईदिएको वताए ।


सुनकोशी नदीको बाढीले रामेछाप तर्फको नुब्ुघाट, हर्दिनी, टार, विर्ता धनेघाट लगाएको क्षेत्रमा बढी क्षति पु¥याएको थियो । मन्थली नगरपालिका ६ मा पर्ने नबुघाटमा पनि सुनकोशीको बाढीले क्षति पु¥याएको स्थानमा पुन खेति योग्य जमिन बनाउने प्रयास भइरहेको छ । बाढीले उक्त स्थानमा सिंचाई कुलो समेत क्षतविच्छेद बनाएको छ ।