तामेडाँडा सिगार्ने योजनामा संघीय सरकारबाट धोका
10 महीना पहिले प्रकाशित
टीकाप्रसाद भट्ट
रामेछाप – त्यसै त गुराँस र चिमालका थरीथरीका रंङ्गमा ढकमक्क सजिएको गमला जस्तो तामेडाँडा लोभ लाग्दो छदैथियोे । त्यसैमा पर्यटन पूर्वाधारको विकासले चिटिक्क हुने भएपछि स्थानीय फुरुङ्ग थिए । वेहुलीझै सिंगारिएको तामे हेर्ने, रमाउने र देखाउने स्थानीयको योजनामा भने संघीय सरकारले धोका दिएको छ ।
संघीय सरकार संग मिलेर उमाकुण्ड गाउँपालिकाले तामेडाँडाको विकास पूर्वाधारको निर्माण थालेको थियो । संघीय सरकारको ७० प्रतिशत र स्थानीय सरकारको ३० प्रतिशत लगानीमा करिव ४ करोडको पूर्वाधार निर्माण थालिएको तामेडाँडामा अहिले पूर्वाधार विकासको काम अलपत्र छन् । करिव ६० प्रतिशत जति काम भएपछि संघीय सरकारले पैसा नदिने जानकारी गरायो । उमाकुण्ड गाउँपालिकाका प्रमुख शेरवहादुर सुनुवारले भने – संझौता बमोजिमको काम नहुने भयो, संघीय सरकारले धोका दियो ।
संघीय सरकारको संस्कृति ,पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले हाल सम्म भएको कामको नाँप जाँच गरी भुक्तानीका लागि प्रकृया थाल्न र थप काम नगर्न भनेपछि तामेडाँडा सिगार्ने स्थानीय सरकारको सपना अधुरो हुने भएको छ । पालिका एक्लैले थालिएका योजना सक्ने अवस्था छैन् ।
सुनुवारका अनुसार सुरुमा तामेडाँडामा भ्यू टावर निर्माण गर्ने योजना थियो । ‘एकातिर भ्यू टावर निर्माण संस्कृतिको चौतर्फी विरोध भयो, अर्को तिर तामेडाँडा आफैमा भ्यू टावरनै भएकाले हामीले भ्यू टावर निर्माण गरेनौ’ सुनुवारले भने – बरु तामेमा पुग्ने पर्यटकहरुलाई सुविधा दिने उद्धेश्यले सुविधा सम्पन्न रिसोर्ट, यात्रा सहज वनाउनका लागि सिंढी निर्माण, सौचालय, बनभोज स्थल, स्तुपा लगाएतका पूर्वाधार निर्माण थालेका थियौं । ‘ति कामहरु कतिपय अझै अधुरै छन्, तर अव रोक्नुपर्ने अवस्था आईप¥यो ।
तामेको पूर्वतिर गुराँसघारी अनि विसाल चरणखर्क । हेर्दै मोहित बनाउने जमिनको मिलेको आकृति । मनोरम दृष्यावलोकन हुने तामेडाँडाको पाखै गुराँसको जङ्गलले सजिएको छ । गौरीशंकर हिमाललाई आँखाअघि सिधा देख्न पाउने मात्र हैन, नुम्बुर चुलि अनि पश्चिमको गणेश हिमाल सम्म देखिने हिमाली श्रृखलाले रामेछापको पूर्वोत्तर तामेडाँडाको सौन्दर्य बयान गर्न लायक छ ।
अघिल्ला बर्ष सम्म नयाँ बर्ष मनाउनका लागि गाउँ मात्र हैन जिल्लै छोडेर वाहिरीने उत्तरी रामेछापका बासिन्दा केहि बर्ष देखि त्यहि स्वर्गको टुक्रा टुपि तामेको थाप्लामा ओईरिन्छन् । ‘माघको अन्तिम हुन लाग्दा भर्खर फुल्न थालेको गुसाँसले आउदै गरेको नयाँ बर्षमा लोभलाग्दो लाली छरीरहेको हुनेछ’ स्थानीय टिकावहादुर श्रेष्ठले भने – जति हेरें पनि हेरिंरहु लाग्ने दृष्यले तामे पुग्नेलाई हम्मेसी फर्कन मनै लाग्दैन ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
