+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

कैदिबन्दीलाई पुस्तक तथा स्टेशनरी हस्तान्तरण

10 महीना पहिले प्रकाशित

रामेछाप । बाह्रौ राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले रामेछाप कारागारका कैदीबन्दीलाई सोमबार पुस्तक हस्तान्तरण गरेको छ ।


महासंघले कैदीबन्दीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले विभिन्न विधाका पुस्तक तथा स्टेशनरीहरु हस्तान्तरण गरेको हो । महासंघले जिल्लामा संचालनमा रहेका दिक्षित स्टेसनरी, जे.एन. पुस्तक पसल, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक र शैक्षिक सामाग्री केन्द्रलगाएतबाट पुस्तक तथा स्टेशनरीहरु संकलन गरी करिव ३० हजार मूल्य वरावरको पुस्तकहरु कारागार कार्यालयका जेलर रूपलाल तामाङ मार्फत कैदीवन्दीहरुलाई उपलव्ध गराएको जनाएको छ ।


पुस्तक तथा स्टेशनरी हस्तान्तरण कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरे, महासंघका जिल्ला निवर्तमान अध्यक्ष मिन प्रसाद घिमिरे महासंघ प्रदेश सहसचिब तारा थापा ,रामेछाप जिल्लाका कार्यसमितिका सदस्य कपिल दाहाल र गम्भिर राज दंगाल लगायतको सहभागिता रहेको थियो ।


पुस्तक ग्रहण गर्दै जेलर रूपलाल तामाङले विभिन्न सधं सस्थावाट पुस्तकालयका लागी पुस्तक उपलब्ध गराउने वाचा गरेको र किताब सहयोग आउने क्रम जारी रहेको वताए । कारागारलाई प्राप्त भएका पुस्तकहरुलाई कारागार पुस्तकालयमा राखि कैदीबन्दीलाई अध्ययनका लागि उपलव्ध गराउने वताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले