रामेछाप । बाह्रौ राष्ट्रिय पुस्तक दिवस तथा श्रीपञ्चमीको अवसरमा नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले रामेछाप कारागारका कैदीबन्दीलाई सोमबार पुस्तक हस्तान्तरण गरेको छ ।


महासंघले कैदीबन्दीहरुलाई अध्ययनमा सहयोग पु¥याउने उद्धेश्यले विभिन्न विधाका पुस्तक तथा स्टेशनरीहरु हस्तान्तरण गरेको हो । महासंघले जिल्लामा संचालनमा रहेका दिक्षित स्टेसनरी, जे.एन. पुस्तक पसल, मिलिजुली पुस्तक तथा स्टेसनरी पसल, जेएन पुस्तक पसल, सहयात्री इन्टरप्राइजेज, घिमिरे पाठ्यपुस्तक र शैक्षिक सामाग्री केन्द्रलगाएतबाट पुस्तक तथा स्टेशनरीहरु संकलन गरी करिव ३० हजार मूल्य वरावरको पुस्तकहरु कारागार कार्यालयका जेलर रूपलाल तामाङ मार्फत कैदीवन्दीहरुलाई उपलव्ध गराएको जनाएको छ ।


पुस्तक तथा स्टेशनरी हस्तान्तरण कार्यक्रममा महासंघका जिल्ला अध्यक्ष सुजन घिमिरे, महासंघका जिल्ला निवर्तमान अध्यक्ष मिन प्रसाद घिमिरे महासंघ प्रदेश सहसचिब तारा थापा ,रामेछाप जिल्लाका कार्यसमितिका सदस्य कपिल दाहाल र गम्भिर राज दंगाल लगायतको सहभागिता रहेको थियो ।


पुस्तक ग्रहण गर्दै जेलर रूपलाल तामाङले विभिन्न सधं सस्थावाट पुस्तकालयका लागी पुस्तक उपलब्ध गराउने वाचा गरेको र किताब सहयोग आउने क्रम जारी रहेको वताए । कारागारलाई प्राप्त भएका पुस्तकहरुलाई कारागार पुस्तकालयमा राखि कैदीबन्दीलाई अध्ययनका लागि उपलव्ध गराउने वताए ।