कमल साह
जनकपुुरधाम,चैत्र २ गते । पन्द्रह दिनसम्म चल्ने मिथिला पंचकोसी परिक्रमा शनिबारबाट आरम्भ भएको छ ।
फाल्गुण पूर्णिमाका दिन अन्तःगृह परिक्रमा गरेर सम्पन्न हुने मिथिला पंचकोसी परिक्रमामा सहभागी हुने मिथिलाविहारी र किशोरी जीको डोला संगै हजारौं नरनारी शनिबार आईपुगेका छन् ।
जनकपुरधाम उप महा नगरपालिका १५ को हनुमानगढीबाट आईतवार कल्याणेश्वर, सोमवार फुहरमा,मंगलबार मटिहानीमा र बुधवार जलेश्वरमा विश्राम गरिनेछ ।
मिथिलाविहारीको डोला जनकपुरधाम को जानकी मन्दिरबाट ५ कि.मी. उत्तर कचुरी मठबाट उठेको हो भने किशोरी जीको डोला जनकपुरधामकै अग्नी कुण्डमा रहेको शिया राघव शरणको राम जानकी मन्दिरबाट उठेको हो । शनिवार मिथिलाविहारीको डोला कचुरी मठबाट उठेर जनकपुरधाम स्थिति रत्नसागर मठमा आईपुग्यो । त्यहाँ पूजा आरती पश्चात् भोग राग लागेपछि डोला हनुमानगढीको लागि प्रस्थान गरियो ।
मिथिलाविहारी जी को डोला र किशोरी जी को डोला जानकी मन्दिर र राम मन्दिरमा आरती उतारेर हनुमानगढी पुगेका थिए । परिक्रमा १५ औं दिन चतुदर्शी तिथिमा पुनः यहाँ फर्किने छ र १६ औं दिन अर्थात् पूर्णिमाका दिन ऐतिहासिक सरोवर गंगा सागर, धनुष सागर, अंगराज सर, महराज सागर, रत्नसागर, दुधमती नदीमा स्नान गरेर भगवान रामजानकीको दर्शन पूजन गर्दै अन्तःगृह परिक्रमा गरी सम्पन्न हुनेछ ।
कल्याणेश्वर महादेव राज जनकद्वारा स्थापित रहेको विश्वास गरिन्छ भने फुलहरमा उहाँका कूल देवी या इष्ट देवी गिरिजा माताको संगै फूलवारी रहेको धार्मिक मान्यता रहेको छ । भगवान श्रीराम र माता जानकी बीच पहिलो भेंट फूलहरमा भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएकोछ ।
त्यस्तै रामजानकीको वैवाहीक सम्बन्धको बेला मटिहानीबाट माटो खनेर ल्याएर विवाह मण्डप अर्थात मडवा निर्माण गरिएको विश्वास गरिन्छ । मटिहानीलाई मृतखनी भन्दै आएको हो । परिक्रमा विहिवार जलेश्वर पुगेछ । राजा जनकद्वारा राजधानीको चारवटै कुनामा स्थापित शिवलिंग मध्येको एक जलेश्वरनाथ हो भनि विश्वास गरिन्छ । परिक्रमावासी जलेश्वरनाथ महादेवको दर्शन पूजन गर्ने चलन रहेको छ । त्यसपछि विहिबार मडई, शुक्रबार धु्रबकुण्ड पुग्ने छ ।
त्यसपछि कंचनवन,पर्वता, धनुषाधाम,सतोषर,औरही,करुणा, विशोल हुँदै कल्यानेश्वर पुगेर जनकपुरधाम फर्किनेछ । यहाँ अन्तगृह परिक्रमा गरेपछि समापन हुनेछ ।
मिथिला पंचकोशी परिक्रमा कल्याणेश्वर बाट अगाडी बढे
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
23 घन्टा पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
