रामेछाप । तामाकोशीमा करेन्ट लगाएर माछा मार्ने क्रममा मन्थली नगरपालिका ८ का सुरेश माझीको मृत्यू भएको छ । गएराति मन्थली नगरपालिका ११ पन्थली स्थित तामाकोशीमा १२ भोल्टको व्याटीको प्रयोग गरी माछामार्न गएका माझीको करेन्ट लागेर घटनास्थलमानै मृत्यु भएको हो ।


जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार माझीको शव पोष्टमार्टमका लागि मन्थली अस्पताल पठाइएको छ । घटनाका सम्बन्धमा थप अनुसन्धान अघी बढाईएको समेत प्रहरीले जनाएको छ ।