कमल साह
जनकपुरधाम ,चैत्र २ गते । .स्वस्तिका हेल्थ केयर हस्पिटल प्रा.लि. पुनः संचालनमा आजबाट आएको छ. वि.सं. २०७३ साल देखि संचालनमा रहेको स्वस्ति का हेल्थ केयर हस्पिटल अधुनिक मेसीनबाट सस्तो र भरपर्दो उपचार दिनको लागी आजबाट सेवा संचालन भएको छ ।.
स्वस्ति का हेल्थ केयर का डा. रामदेव चौधरी ले पत्रकार सम्मेलन गरेर जानकारी गराउनु भयो ।
जनकपुर धाम को जिरोमाईल स्थित संचालित स्वस्ति का हेल्थ केयर मा आयोजित पत्रकार सम्मेलन मा उहांले भन्नु भयो, जनकपुरधामक्षेत्रबाट भारत को दरभंगा,पटना, काठमाण्डौ, धरान,बिराटनगर तिर स्वास्थ्य उपचारको लागि जानु बाध्यत्मक अवस्था हटाउन हरेक प्रकार का स्वास्थ्य उपचार सेवा–सुविधा सस्तो र शुलभ दरमा उपलब्ध गराउने व्यवस्थापन गरिएको छ । बाहिर ६ लाखमा हुने शल्यकृयाको अढ़ाइ लाखमा भएको उदाहरण अस्पतालद्वारा दिइएको छ ।
चौबिसै घण्टा इमरजेन्सी सेवा दक्ष चिकित्सकहरु द्वारा प्रदान गर्दै आएको डा. रामदेव चौधरी ले जानकारी गराउनु हुन्छ। भ्यान्टीलेटर सहितको सुविधा सम्पन्न एनआइसीयू, आइसीयु सेवा सुविधा सम्पन्न ओपरेशन थिएटर, पोष्ट अपरेटीव वार्ड यहाँ संचालन भइरहको छ ।
ट्रमा÷एक्सीडेन्टके बिमारी को लागि सम्पूर्ण सुविधा सम्पन्न उपचार सेवा, प्रसुतिसेवा, सर्जरी कौस्मेटिक सर्जरी इत्यादी सुविधा समेत अस्पताल मा रहेको छ। स्वस्ति का होस्पिटलमा एक भन्दा एक चिकित्सक को व्यवस्था गरिएको ले जनकपुरधाममा संचालित अन्य नीजी अस्पतालस भन्दा पृथक पहिचान बनाउदै आएको र सेवा दिन मा पनि स्वस्तिका अगाडि रहेको पत्रकार सम्मेलन जनाएको छ ।
सो कार्यक्रम का प्रमुख अतिथि जनकपुरधाम वार्ड नं.७के वार्ड अध्यक्ष जानकी राम साह ले गर्नु भयो भने डा. रामदेव चौधरीके सभापतित्वमा सम्पन्न भयो ।
प्रमुख अतिथि साहले जनकपुरधाम मा सबभन्दा बढी अस्पताल वार्ड नं.७ मा संचालित रहेको बताउदै उहांले त्यसमा स्वस्तिका अस्पताल राम्रो रहेको भन्नु भयो. उहांले कोभिड–१९के महामारीकाल मा जनतालाई निशुल्क सेवा दिएको थप्नुभयो ।
उहांले गरीब असहाय लाई बराबर निशुल्क उपचार गर्दै आएको भन्दै हास्पिटलको प्रशंसा गर्नु भयो । सो अवसरमा डा. दिलीप कुमार यादव,डा. मनिषा भाव्दाज, डा. विकास कुमार साह , डा. मनोज प्रसाद गुप्ता, डा. शम्भु साह, डा. कृष्ण कुमार साह लगायत ले अ–आफ्नो विचार राख्नु भयो ।
आधुनिक चिकित्सासेवा सहित पुनः‘स्वस्तिका’ हस्पिटल संचालनमा
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
