कादुरीको सहयोगमा डडुवामा खानेपानी
10 महीना पहिले प्रकाशित
रामेछाप । ब्रिटीस गोर्खा अन्तरगतको कादुरी संस्थाको सहयोगमा दोरम्बा शैलुङ गाउँपालिका १ डडुवाको मझुवा र सल्लेटारका बासिन्दालाई खानेपानी योजना निर्माण भएको छ ।
स्थानीय १ सय ८२ परिवारलाई १ घर १ धारा जडान गरीएको उक्त योजना निर्माणका लागि कादुरी कृषि सहायता संघ ब्रिटिस गोर्खाले सहयोेग गरेको हो । योजना निर्माणका लागि झण्डै २१ लाख ३९ हजार बराबरको स्थानीयले गरेकाे श्रम सहित १ कराेड ८३ लाख ३८ हजार खर्च भएको थियाे ।
डडुवाकै छाङा खोला मुहान गरी ल्याइएको उक्त खानेपानी योजनाको आईतबार कादुरी च्यारिटेवल फाउण्डेसन हङकङका निर्देशक कर्णेल पिटर पाउल डिग्रुटे र कादुरीकै एन्द्रियु मिल्जले उद्घाटन गरेका छन् । कार्यक्रममा कादुरी संस्थाका प्राविधिक निर्देशक डाक्टर नारायण गुरुङ र वडा अध्यक्ष प्रेम लामाले डडुवाको मझुवा र सल्लेटारमा हुदै आएको खानेपानीको हाहाकार अव हटेको वताए । उनीहरुले खानेपानीको सदुपयोग गर्न पनि आग्रह गरे ।
कादुरीले गत बर्ष पनि डडुवामा एउटा खानेपानी निर्माणमा सहयोग गरेको थियो । डडुवामै झोलुंगे पुल र पात्ले खानेपानी योजनामा अवको केहि समय पछि कादुरीले योजना निर्माणको काम थाल्ने जनाएको छ । वडा अध्यक्ष प्रेम लामाले कादुरीको सहयोगमा निर्माण भएको खानेपानी योजनाले डडुवाको मझुवा र सल्लेटारबासीले बर्षौ देखि भोग्दै आएको खानेपानीको सास्तीलाई सुखमा बदलेको वताएका थिए ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
