रामेछाप । रामेछापको सुनापति गाउँपालिका ४ बेथानमा शनिबार भएको निशूल्क दन्त रोग शिविरमा २ सय १७ जना रोगीको निशूल्क उपचार गरिएको छ । नेपाली काँग्रेसले संचालन गरेको १०० दिने अभियान कार्यक्रम अन्तरगत बेथान गाउँपालिकामा आयोजित उक्त शिविरमा काठमाडाँैको समाज डेन्टल नयाँबानेश्वरका दन्त चिकित्सक डाक्टर साक्षात छामिछाने र डाक्टर सुजन तण्डुकार लगाएतको स्वास्थ्यकर्मीको टिमले उपचार गरेको थियो ।

शिविरमा बर्षौ देखि दाँतको रोग पालेर वसेका विरामीहरुको दाँतको उपचार, दाँत निकाल्ने र दाँतमा सिमेन्ट भर्ने काम भएको थियो । शिविरमा आएका विरामीलाई ब्रस मञ्जन र औषधि समेत निशूल्क वितरण गरिएको नेपाली काँग्रेसका युवा नेता दिपेन्द्र खड्काले वताएका छन् ।


यसैविच नेपाली काँग्रेसले संचालन गरेको १०० दिने अभियान अन्तरगत पार्टीका आन्तरिक गतिविधिको छलफल गरीएको र विभिन्न पार्टीबाट काँग्रेसमा प्रवेश गर्नेहरुलाई स्वागत गरीएको समेत खड्काले जनाएका छन् ।