माघ १६ देखि कृषि पर्यटन औद्योगिक प्रदर्शनी
10 महीना पहिले प्रकाशित
रामेछाप । रामेछाप जिल्लाको कृषि तथा पर्यटन व्यवसायको प्रबद्र्धनका लागि रामेछाप उद्योग वाणिज्य संघले कृषि पर्यटन औद्योगिक प्रदर्शनी मेलाको आयोजना गर्ने भएको छ ।
मन्थलीको जिल्ला समन्वय समितिको जग्गामा हुने उक्त मेला माघ १६ देखि २६ गते सम्म संचालन हुनेछ । मेलामा जिल्लामा उत्पादित कृषि तथा घरेलु उत्पादनहरू, हस्ताकला तथा कुटिर उद्योगबाट उत्पादित सामग्रीहरु राखिनेछन् । त्यसका अतिरीक्त मेलामा विभिन्न जातजातिको झाकिँ प्रदर्शन गरिने छ । झण्डै ७५ वटा स्टल रहने उक्त मेलामा स्थानीय र राष्ट्रिय स्तरका कालाकारद्वारा संगितिक कार्यक्रम प्रदर्शन गरिने कार्यक्रम रहेको शनिबार संघद्धारा पत्रकार भेटघाटकाे आयोजना गरी रामेछाप उद्योग वाणिज्य संघले जानकारी दिएको छ ।
कृषि, जलस्रोत, वन, कला संस्कृतिको जर्गेना गराै पर्यटन प्रबद्र्धन गरौँ भन्ने नारा सहित सञ्चालन हुने कृषि, पर्यटन औद्योगिक प्रर्दशनि मेलाको पहिलो दिन माघ १६ र समापन हुने दिन माघ २६ गते प्रवेश निःशुल्क हुने रामेछाप उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष प्रकाश श्रेष्ठले जानकारी दिएका छन् । अन्य दिन बेलुका ४ बजेबाट सशूल्क सांस्कृतिक कार्यक्रम संचालन गरीने श्रेष्ठले वताए । मेला आयोजनाका लागि झण्डै २५ लाख रुपैंयाँ खर्च लाग्ने र सो को व्यवस्थापनका लागि प्रदेश र स्थानीय सरकारहरुमा अनुरोध गरीएको समेत श्रेष्ठले जनाएका छन् ।
उद्योग वाणिज्य संघको बर्तमान नेतृत्वले यसअघी सडक खाना महोत्सव र बृहत रामेछाप महोत्सवको आयोजना गरीसकेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
