रामेछाप विमानस्थल सेवामा भन्दा स्वार्थमा प्रयोग
10 महीना पहिले प्रकाशित
रामेछाप । पर्यटकको ओहोर दोहोर हुने सिजनमा जहाजको उडान र अवतरणको लागि पालो पर्खनु पर्ने रामेछाप विमानस्थल अहिले सुनसान छ । ईन्जिन विग्रीएर थन्क्याइएको समिट एयरको एउटा जहाजले त्यो विमानस्थल हो भन्ने बुझ्न बाहेक त्याहाँबाट न विमान उडान हुन्छ, न अवतरण ।
विमानस्थल सुनसान भएको झण्डै दुई महिना भन्दा बढी भयो । नागरिक सेवाका लागि भन्दा पनि सिजनल रुपमा व्यापारिक स्वार्थका लागि प्रयोग हुदै आएको रामेछाप विमानस्थलमा अवको डेढ महिना पछि फेरी पनि त्यसैगरी विमानलाई उडान र अवतरणका लागि पालो कुर्नुे पर्ने दिन आउछ । काठमाण्डौंको त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट उडान र अवतरणका लागि लामो पालो कुर्नुपर्ने भएकाले नेपाल नागरिक उडड्यन प्राधिकरणले पूर्वि उत्तरी क्षेत्रको पर्यटकिय विमानस्थल लुक्लाका लागि हुने उडान रामेछाप विमानस्थलबाट गर्नका लागि निजी वायुयानहरुलाई निर्देशन दिएको कारण केहि बर्ष देखि रामेछाप विमानस्थलमा तारा, सीता र समिट एयरका विमान सिजनमा तछाड मछाड गर्दै उडान गर्न आउने गर्छन् । अक्टुवर देखि डिसेम्बर सम्म र जुन जुलाईमा हुने सिजनमा रामेछाप विमानस्थलबाट लुक्लाको उडान गर्ने ति एयरलाईन्सहरुले अरु वेला उडान गर्दैनन् ।
रामेछापका राजनीतिककर्मी, प्रशासक, संचारकर्मी र नागरिक समाजका विभिन्न क्षेत्रबाट रामेछाप विमानस्थलबाट लुक्लाका लागि व्यवसायीक उडान गर्ने बायुयानलाई सामाजिक उत्तरदायित्वका लागि भएपनि रामेछाप– काठमाण्डौं उडानका लागि याचना गर्दै आएका छन् । तर विमान कम्पनीहरुले उक्त सेक्टरमा यात्रु नहुने भन्दै बारम्बार अटेर गर्दै आएका छन् ।
गएको असोजको दोश्रो साता आएको बाढी पहिरोले सडक मार्ग बन्द भएको बेला भने केहि उडान राखेका ति वायुयान कम्पनीले एकाएक उडान वन्द गरेका छन् । सर्वसाधारणमा अव उडान नियमित हुने हल्ला फैलाएका राजनीतिक दलका नेताहरुले फेरी रामेछाप काठमाण्ण्डौं उडानका लागि पहल गरेका छैनन् ।
नेपाल नागरिक उडड्यन प्राधिकरणले रामेछाप काठमाण्डौं उडानका लागि तालिका राख्न हवाई कम्पनीहरुलाई आग्रह गरेको छ । तर उडान तालिका राखेपनि टिकट वुकिंङ खुल्ला नगर्ने बदमासी हवाई व्यवसायीले गर्दै आएका छन् ।
रामेछाप काठमाण्डौं उडान नहुदा विरामी , सुत्केरी महिला र असक्त वृद्ध वृद्धाहरु, उच्च राजनीतिक र प्रशासकहरु, व्यवसायीहरु लगाएतले सुविधा सम्पन्न यात्रा गर्न पाएका छैनन् । असोजमा बाढीले बगाएका विपी राजमार्ग हिउँदका बेलामा पनि यात्राका लागि कष्टकर हुदै आएको छ । बर्षा लागेपछि उक्त सडकमा यात्रा गर्ने कुरा अन्यौल रहेको बेला रामेछाप विमानस्थलबाट काठमाण्डौंका लागि सातामा कम्तिमा पनि २ उडान हुनु पर्ने कुरामा स्थानीयले जोड दिदै आएका छन् । तर हवाई कम्पनीहरुले उक्त मागलाई बारम्बार बेवास्ता गर्दै आएका छन् ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
