+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पाठेघरको क्यान्सर विरुद्ध रामेछापका ७ हजार ६८ जना किशोरीहरुलाई खोप दिने तयारी

10 महीना पहिले प्रकाशित

रामेछाप । रामेछापमा एकै पटक ठुलो संख्याका किशोरीहरुलाई पाठेघरको मुखको क्यान्सर विरुद्धको एचपिभी खोप लगाउने अभियान संचालन हुन लागेको छ । यहि माघ २२ देखि ३० गते सम्म दुई चरणमा जिल्लाका सबै किशोरीहरुलाई उक्त खोप लगाउने कार्यतालिका रहेको जनस्वास्थय कार्यालय रामेछापले जनाएको छ ।

     उक्त कार्यालयका प्रमुख जितेन्द्र साहका अनुसार जिल्लामा कुल ७ हजार ६८ जना किशोरीहरुलाई एचपीभि खोप दिन लागिएको हो । उक्त खोप विद्यालयमा जाने कक्षा ६ देखि १० कक्षा सम्म अध्ययन गर्ने छात्राहरु र विद्यालय नजाने १० देखि १४ बर्षका किशोरीहरुलाई दिईने तयारी छ ।


     खोप अभियानका लागि जनस्वास्थ्य कार्यालयले जिल्लाका सवै स्थानीय तहमा कार्यरत स्वास्थ्य शाखा प्रमुख र उप प्रमुखहरुलाई अभिमुखिकरण गर्ने कार्य गरेको छ । पालिका स्तरमा खोप अभियान संचालनका लागि पालिका स्वास्थ्य शाखाले आवश्यक प्रवन्ध गर्ने कार्यक्रम रहेको छ ।


     साहका अनुसार प्रदेशबाट खोप आएपछि सबै पालिका स्तरमा जनस्वास्थ्य कार्यालयले पु¥याउने काम हुने वताए । उनले दुई चरणमा पनि खोप लगाउन छुटेका किशोरीहरुलाई बोलाएर खोप दिने कार्यक्रम रहेको वताए । यो खोप देशभर एकै साथ संचालन हुने भएकाले जहाँ बाट पनि लगाउन सकिने कार्यालयले जनाएको छ । महिलाहरुको पाठेघरको क्यान्सर उल्लेख्य मात्रामा हुन थालेपछि सरकारले त्यसका विरुद्ध एचपिभि खोप दिने अभियान संचालन गर्न योजना अघी सारेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले