रामेछाप । तामाकोशी नदीमा जलसतह निरन्तर घटेपछि पम्पिङ खानेपानी योजनाहरु प्रभावित हुन थालेका छन् । नदी किनारमा निर्माण गरिएका भूमिगत ईनारहरुमा पानीको सतह लगातार घटिरहेकोले पम्पिङका लागि समस्या हुन थालेको हो ।
मन्थली बजारमा वितरण गर्ने अधिकांश खानेपानी पम्पिङ योजनामा निर्भर छ । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल थापाका अनुसार ईनारमा मेसिन डुब्ने पानी नहुदाँ बारम्बार समस्या हुन थालेको छ । थोरै पानीमा पम्प नडुब्ने भएकाले बारम्बार मेसिन बन्द हुने समस्या देखा परेको छ ।
गत बर्ष पनि पानीको तह घटेपछि ईनार थप गहिरो वनाइएको थियो । अव गहिरो बनाउने भन्दा पनि बैकल्पिक योजनामा समिति जानु पर्ने अवस्था आएको उनले वताएका छन् । तामाकोशी नदी किनारमानै पानी फिल्टर गर्ने पोखरी निर्माण गर्ने र सिधै नदीको पानीमा पाईप दबाएर पानी तान्ने तर्फ समिति अघी बढेको छ । त्यसरी पानी पम्प गरियो भने ईनारको पानीको सतह घट्ने संग कुनै साईनो हुदैन् । जति कोशी घटे पनि पानी सिधैं तान्न पाईन्छ ।
समितिले अहिले तामाकोशी किनारमा निर्माण गरेका विभिन्न ३ वटा ईनार मार्फत पानी पम्प गर्दै आएको छ । तर पानीको सतह घटदा हिउँदका महिनामा यस्तै समस्या आउने गरेको समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीले वताएका छन् । समितिले हाल १ हजार धारा मार्फत दैनिक खानेपानी वितरण गर्दै आएको छ ।
हिउँद महिनामा तामाकोशीमा पानीको सहत केहि बर्ष देखि लगातार घटिरहेको छ । नदी किनारबाट नजिकका अधिकांश गाउँमा पानी लिफ्ट गरीएका छन् । ‘यो समस्या मन्थलीमा मात्र हैन, अन्य योजनामा समेत रहेको छ’ सुवेदीले भने – अव निर्माण गर्ने संरचना भोलीका दिनमा जस्तो सुकै खडेरी पर्दा पनि पानीको संकट नहोस भन्ने अभिप्रायले बनाउने सुरमा छौं ।
संघीय सरकारले मन्थली खानेपानी सुधार विस्तार योजनाका लागि ५ करोड रुपैयाँ बजेट विनीयोजन गर्ने सुनिश्चीतता गरेकाले थप पूर्वाधार निर्माणका क्रममा नदी किनारमा पानी फिल्टर गर्ने पोखरीको निर्माण गर्ने योजनामा समिति रहेको छ ।
काेशी घटेपछी खानेपानी पम्पिङमा समस्या
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
10 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
