+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

काेशी घटेपछी खानेपानी पम्पिङमा समस्या

10 महीना पहिले प्रकाशित

रामेछाप । तामाकोशी नदीमा जलसतह निरन्तर घटेपछि पम्पिङ खानेपानी योजनाहरु प्रभावित हुन थालेका छन् । नदी किनारमा निर्माण गरिएका भूमिगत ईनारहरुमा पानीको सतह लगातार घटिरहेकोले पम्पिङका लागि समस्या हुन थालेको हो ।
        मन्थली बजारमा वितरण गर्ने अधिकांश खानेपानी पम्पिङ योजनामा निर्भर छ । मन्थली खानेपानी उपभोक्ता तथा सरसफाई समितिका सचिव ढाकल थापाका अनुसार ईनारमा मेसिन डुब्ने पानी नहुदाँ बारम्बार समस्या हुन थालेको छ । थोरै पानीमा पम्प नडुब्ने भएकाले बारम्बार मेसिन बन्द हुने समस्या देखा परेको छ ।
         गत बर्ष पनि पानीको तह घटेपछि ईनार थप गहिरो वनाइएको थियो । अव गहिरो बनाउने भन्दा पनि बैकल्पिक योजनामा समिति जानु पर्ने अवस्था आएको उनले वताएका छन् । तामाकोशी नदी किनारमानै पानी फिल्टर गर्ने पोखरी निर्माण गर्ने र सिधै नदीको पानीमा पाईप दबाएर पानी तान्ने तर्फ समिति अघी बढेको छ । त्यसरी पानी पम्प गरियो भने ईनारको पानीको सतह घट्ने संग कुनै साईनो हुदैन् । जति कोशी घटे पनि पानी सिधैं तान्न पाईन्छ ।
        समितिले अहिले तामाकोशी किनारमा निर्माण गरेका विभिन्न ३ वटा ईनार मार्फत पानी पम्प गर्दै आएको छ । तर पानीको सतह घटदा हिउँदका महिनामा यस्तै समस्या आउने गरेको समितिका अध्यक्ष पूर्णवहादुर सुवेदीले वताएका छन् । समितिले हाल १ हजार धारा मार्फत दैनिक खानेपानी वितरण गर्दै आएको छ ।
       हिउँद महिनामा तामाकोशीमा पानीको सहत केहि बर्ष देखि लगातार घटिरहेको छ । नदी किनारबाट नजिकका अधिकांश गाउँमा पानी लिफ्ट गरीएका छन् । ‘यो समस्या मन्थलीमा मात्र हैन, अन्य योजनामा समेत रहेको छ’ सुवेदीले भने – अव निर्माण गर्ने संरचना भोलीका दिनमा जस्तो सुकै खडेरी पर्दा पनि पानीको संकट नहोस भन्ने अभिप्रायले बनाउने सुरमा छौं ।
        संघीय सरकारले मन्थली खानेपानी सुधार विस्तार योजनाका लागि ५ करोड रुपैयाँ बजेट विनीयोजन गर्ने सुनिश्चीतता गरेकाले थप पूर्वाधार निर्माणका क्रममा नदी किनारमा पानी फिल्टर गर्ने पोखरीको निर्माण गर्ने योजनामा समिति रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले