रामेछाप । जुनारको जिल्ला भनेर चिनीएको रामेछापमा यस बर्ष जुनारको मूल्य सर्वाधिक उचालिएको छ । मन्थली बजारमा ए ग्रेडको जुनार प्रति केजि १ सय ३० रुपैयाँ सम्म पुगेको छ । वी र सी ग्रेडको जुनार पनि गत विगतका बर्षहरुमा भन्दा महंगोमा विक्री भइरहेको छ ।
किसानले बगैंचामा पुग्दा प्रति केजि ८० रुपैंया सम्म लिने गरेको जुनारको मोेल बजारमा आईपुग्दा प्रति केजि ५० रुपैयाँले बढेको पाईन्छ । जुनार असाध्यै राम्रो गुणस्तर र रसिलो भएपनि अव सर्वसाधारणको पहुँच भन्दा टाढाको फलफुल हुन लागेको स्थानीयको भनाई छ । ३ केजि जुनार किन्ने पैसा अव झण्डै १केजिमानै सकिने भएको स्थानीयले जनाएका छन् ।
जिल्लाको दक्षिण पूर्वि क्षेत्रमा मुख्य उत्पादन हुने जुनार बाह्य जिल्लामा पुग्दा अझै बढी महंगो हुने भएको छ । यो बर्ष प्रयाप्त पानी परेकाले जुनार उत्पादनमा वृद्धि भएको छ । ठुला खालका कोलस्टोर नहुदाँ सिजनमानै जुनार बिक्री गरिसक्नु पर्ने बाध्यता किसानलाई छ । जिल्लामा निर्माणाधिन कोलस्टोर ५ बर्ष वितिसक्दा पनि अधुरै छ ।
