+९७७ ४८ ५४०५२५, ९८४४२१२१२१ | akshatadaily@gmail.com

पर्बाताराहि पाण्डेलाई प्रधानमन्त्रीबाट शुभकामना सहित बिदाई

10 महीना पहिले प्रकाशित

काठमाडौं ।  पर्वतारोही प्रकाशराज पाण्डेलाई अर्जेन्टिनी हिमाल आरोहणको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गरी विदाई गरेका छन् ।

     प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले पर्वतारोही पाण्डेलाई राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै आरोहण अभियान सफलताको लागि समेत शुभकामना दिए । विश्वका सातै महादेशका सात अग्ला हिमाल आरोहण गर्ने अभियानमा रहेका पर्वतारोही पाण्डे दक्षिण अमेरिकी महादेशको सबैभन्दा अग्लो हिमाल अकोन्कागुआ आरोहणका लागि यहि जनवरी २० मा अर्जेन्टिना प्रस्थान गर्दैछन् ।

     प्रधानमन्त्रीले पाण्डेको अभियान सफलताको कामना गर्दै समाजमा सकारात्मकता फैलाउने युवाहरुको सबै अभियानमा आफ्नो साथ रहने प्रतिबद्धता समेत व्यक्त गरेका थिए ।

     रामेछाप लिखु तामाकोशी गाउँपालिकाको तिल्पुङका पाण्डेले सन् २०१६ देखि पर्वतारोहण सुरु गर्दै २०१८ मा विश्वको सर्बोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका थिए । सगरमाथा, मनास्लु, आमादब्लम लगायत नेपालका विभिन्न हिमालको सफल आरोहण गरेका पाण्डेले सातै महादेशका अग्ला हिमाल चढ्ने अभियान अन्तरगत २०२४ को जुनमा युरोपको उच्च हिमशिखर माउण्ट एलब्रस आरोहण गरेका थिए । सोही वर्षको नोभेम्बर महिनामा अफ्रिकाको अग्लो चुचुरो किलिमन्जारो को सफल आरोहण गरेका थिए ।

     आफ्नो अभियानका माध्यमबाट जलवायु परिवर्तनका असरहरुका बारेमा पनि कुरा उठाउने र सरोकार राख्ने सबैलाई यसतर्फ ध्यानाकृष्ट गराउने गरेको पाण्डेले बताएका छन् । हिमाल आरोहणमा विशेष मानिने सेभेन समिट अभियानको क्रममा सातै महादेशका अग्ला हिमालहरुमा फहराएको नेपालको झण्डा नेपाली भूमिमै फर्किएर सगरमाथामा पुनः फहराउने पाण्डेले बताए ।

 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

कमेन्ट गर्नुहोस्

नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित

रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..

2 दिन पहिले

रामेछापमा एमालेको वृहत प्रदर्शन

रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..

4 दिन पहिले

बाल संगठन रामेछापमा सुन्दर घिमिरे

रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..

5 दिन पहिले

दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते

रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..

5 दिन पहिले

भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..

रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..

6 दिन पहिले