काठमाडौं । अमेरिकी डलरको भाउ हाल सम्मकै उच्च भाउमा पुगेको छ । डलरको भाउ कीर्तिमानी दरमा बढ्न थालेको हो । बुधबार अमेरिकी डलर भाउले हालसम्मकै उच्च दरमा पुगेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार बुधबार अमेरिकी डलरको बिक्री दर १ सय ३८ रुपैयाँ ९२ पैसा पुगेको छ । हिजो मंगलबार १ सय ३८ रुपैयाँ ८३ पैसा पुगेको थियो ।
