पर्सा — धान सहितको कुन्यूमा आगजनी गरिएको घटनाको प्रहरीले अझै दोषी पत्ता लगाउन सकेको छैन । गत पुस ६ मा वीरगन्ज महानगरपालिका– २२ जगरनाथपुर निवासी हरेन्द्र यादवको साढे तीन बिघा खेतमा भएको धान काटेर कुन्यू बाँधिएको थियो । उक्त कुन्यूमा अज्ञात समूहले २५ दिन अघी लागो लगाईदिएको थियो ।
      धानका मालिकले ५ जना व्यक्तिमाथि शंका लागेर अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय पर्सामा जाहेरी दिएका छन् । प्रहरी नायब उपरीक्षक किशोर लम्सालका अनुसार सो सम्बन्धमा अनुसन्धान जारी रहेको वताए ।
      यादवका अनुसार ईन्धन छर्केर करिब २ सय १० क्विन्टल धानमा आगजनी गरिएको थियो । झन्डै साढे ७ लाख रुपैयाँ मूल्यबराबरको धान आगजनीमा नष्ट भएको यादवले बताए । प्रहरीको फितलो अनुसन्धानका कारण तीन हप्ता बितिसक्दा पनि दोषी पक्राउ नपरेको उनको आरोप छ ।