कमल साह
जनकपुरधाम, फागुन २१ गते । उच्च अदालत जनकपुरधामले मुद्दा फर्छयौटको वार्षिक लक्ष्यमा पुग्न नसक्नुको प्रमुख कारण कानुनी ज्ञान भएको जनशक्तिको अभाव रहेको छ ।
उच्च अदालत जनकपुरधाम ले सार्वजनिक गरेको प्रगति विवरणमा चालु आर्थिक वर्षमा लक्ष्यको २५.५ प्रतिशत मुद्दाहरु मात्रै फर्छयौट गर्न सकेको देखिन्छ । चालु आर्थिक वर्षमा २ हजार ९ सय ५८ मुद्दा फर्छयौट गर्ने लक्ष्यको आधारमा माघ मसान्त सम्म २ हजार ३ सय ४५ मुद्दा फर्छयौट गर्नुपर्ने थियो । तर अदालतले चालु आर्थिक वर्षको माघ मसान्त सम्ममा मात्र ५ सय ९८ मुद्दाहरु फर्छयौट गर्न सकेको छ ।
उच्च अदालत जनकपुरका रजिष्ट्रार खङ्गराज अधिकारीले लक्ष्य अनुरुप मुद्दाहरुको फर्छयौट गर्न नसकेको कोरोना महामारी र कानुनी ज्ञान भएको जनशक्ति अभाव रहेको बताउनु भयो । उहाँले समयमा मुद्दाहरु फर्छयौट हुन नसक्दा मुद्दाका चाप बढ्दै गईरहेको सुनाउनु भयो ।
उच्च अदालत जनकपुरमा ९६ जना कर्मचारीको दरबन्दी रहेकोमा हाल ५६ जना कर्मचारी मात्रै कार्यरत रहेको रजिष्ट्रार अधिकारले जानकारी गराउँदै कानुनी ज्ञान भएको जनशक्ति अभाव भएकै कर्मचारीहरुबाट काम निकाल्नुपर्ने बाध्यता रहेको भन्नुभयो ।
उहाँले उच्च अदालत जनकपुरमा दैनिक २० देखि २५ वटा मुद्दा दर्ता हुँदै आइरहेको जानकारी दिनुभयो । उच्च अदालत जनकपुरमा २०७७ साउनदेखि माघ मसान्त सम्मको पेशी संख्या ६ हजार ८ सय ८ रहेकोमा पक्षबाट ६सय १५ स्थगित भएको बताउँदै उहाँले त्यसमा कानून व्यवसायीबाट १ हजार ६ सय ३ वटा रहेको भन्नुभयो । मुद्दा हेर्न नभ्याइएको १ हजार २ सय ३०, हेर्न नमिल्ने ३५, सरकारी वकिलबाट स्थगित भएको ५ सय ४, फैसला भएको ५ सय ९ र आदेश गरिएका २ हजार १ सय ३९ वटा मुद्दाहरु रहेको उहाँले जानकारी गराउनुभयो ।
उच्च अदालतले जनशक्तिको अभाव झेल्दैः२५ प्रतिशत मुद्दा मात्र फर्छयौट
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
रामेछापमा ७१ औं प्रहरी दिवस कार्यक्रम
रामेछाप । ७१ औं प्रहरी दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रामेछापले शुक्रबार विषेश कार्यक्रमको आयोजना गरेको à¤..
1 दिन पहिले
बस दुर्घटनामा नौ जना घाईते
सिन्धुली । काठमाडौं बाट ओखलढुंगा जादै गरेको यात्रुबाहक बस सिन्धुलीको खुर्कोटमा दुर्घटनामा परेको छ । दुर्घटनामा..
1 दिन पहिले
खिम्ती ग्रामिण सहकारी संस्थाबाट वितरित विजुली प्रणालीम..
रामेछाप । केहि समय अघी विद्युतको महशुल भुक्तानीका लागि हैरानी भएको भन्दै ग्राहकहरुले आन्दोलन गरेको खिम्ती ग्राà¤..
2 दिन पहिले
चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेड लà..
रामेछाप । मन्थलीमा जारी चौथो रामेछाप कपको उपाधि आयोजक दिपशिखा ब्वाइज युनाइटेडले रक्षा गरेको छ । बिहिबार करमवोट फ..
2 दिन पहिले
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
3 दिन पहिले
