काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जक्षेत्रले हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला गरेको छ । निकुञ्ज क्षेत्रमा रहेका बन्यजन्तु लाई असर पर्ने भन्दै केहि दिन अघी निकुञ्जले खुम्बु क्षेत्रमा हुने हेलिकप्टरको उडानलाई रोक लगाएको थियो ।
सोलुका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले सोमबार हेलिकप्टर उडान रोक्ने कार्यमा सम्लग्नलाई तत्काल कारवाहि गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि निकुञ्ज साविक निर्णय बाट पछि हटेको हो । निकुञ्ज सगैं खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत हेलिकप्टर उडानमा प्रतिवन्ध लगाएको थियो । मंगलबार पालिकाको कार्यपालिकाको बैठकले यस बारे आवश्यक निर्णय लिने जनाइएको छ । प्रशासनले भने पालिका लगाएत सवैलाई हेलिकप्टरको उडान रोक्ने निर्णय तत्काल सच्चाउन र निर्वाध उडान हुन दिन आग्रह गरेको छ ।
निकुञ्ज र पालिकाले रोक लगाएको आडमा स्थानीय बासिन्दाले खुम्बु क्षेत्रमा रहेका हेलिप्याडमा झण्डा गाडेर अवतरण रोकेका छन् । जवरजस्ती उडान भएमा पाईलटलाई कव्जामा लिएर पैदल यात्रा गराउने धम्की दिएपछि नेपाल बायुसेवा संचालक संघले खुम्बु क्षेत्रमा उद्धार लगाएतका कुनै पनि उडान नगर्ने भन्दै आईतबार देखि उडान रोकेका छन् । यसैविच निकुञ्जले भने उद्धार कार्यमा ह्ुने उडानलाई खुल्ला गरेपनि निकुञ्जमा शूल्क वुझाएर अनुमति लिनुपर्ने गरी खुला गरेको जनाइएको छ । निकुञ्ज भित्र उडान र अवतरण गर्दा शूल्क तिर्नुपर्ने नियम रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
खुम्बु क्षेत्रमा हेलिकप्टरको उडान नहुदाँ हिमाल आरोरण र आधार शिविरमा गएर विरामी परेका, हिउँपहिरोमा फसेकाको उद्धार हुन सकेको छैन् भने लुक्ला भन्दा माथिल्लो क्षेत्रमा खाद्यान्न लगाएत अत्यावश्यक सामाग्रीको ढुवानीमा असर परेको छ । स्थानीयले भने सामान ढुवानीका लागि खच्चर र भरिया रहेको भन्दै हेलिकप्टर मार्फत सामान बोक्ने कार्य तत्काल रोकिनुपर्ने माग गर्दै आइरहेका छन् ।