काठमाडौँ — सगरमाथा राष्ट्रिय निकुञ्जक्षेत्रले हेलिकोप्टर उडान, अवतरण र होभरिङ गर्न खुला गरेको छ । निकुञ्ज क्षेत्रमा रहेका बन्यजन्तु लाई असर पर्ने भन्दै केहि दिन अघी निकुञ्जले खुम्बु क्षेत्रमा हुने हेलिकप्टरको उडानलाई रोक लगाएको थियो ।
सोलुका प्रमुख जिल्ला अधिकारी अनोज घिमिरेले सोमबार हेलिकप्टर उडान रोक्ने कार्यमा सम्लग्नलाई तत्काल कारवाहि गर्ने चेतावनी सहितको सूचना जारी गरेपछि निकुञ्ज साविक निर्णय बाट पछि हटेको हो । निकुञ्ज सगैं खुम्बु पासाङल्हामु गाउँपालिकाले समेत हेलिकप्टर उडानमा प्रतिवन्ध लगाएको थियो । मंगलबार पालिकाको कार्यपालिकाको बैठकले यस बारे आवश्यक निर्णय लिने जनाइएको छ । प्रशासनले भने पालिका लगाएत सवैलाई हेलिकप्टरको उडान रोक्ने निर्णय तत्काल सच्चाउन र निर्वाध उडान हुन दिन आग्रह गरेको छ ।
निकुञ्ज र पालिकाले रोक लगाएको आडमा स्थानीय बासिन्दाले खुम्बु क्षेत्रमा रहेका हेलिप्याडमा झण्डा गाडेर अवतरण रोकेका छन् । जवरजस्ती उडान भएमा पाईलटलाई कव्जामा लिएर पैदल यात्रा गराउने धम्की दिएपछि नेपाल बायुसेवा संचालक संघले खुम्बु क्षेत्रमा उद्धार लगाएतका कुनै पनि उडान नगर्ने भन्दै आईतबार देखि उडान रोकेका छन् । यसैविच निकुञ्जले भने उद्धार कार्यमा ह्ुने उडानलाई खुल्ला गरेपनि निकुञ्जमा शूल्क वुझाएर अनुमति लिनुपर्ने गरी खुला गरेको जनाइएको छ । निकुञ्ज भित्र उडान र अवतरण गर्दा शूल्क तिर्नुपर्ने नियम रहेको निकुञ्ज प्रशासनले जनाएको छ ।
खुम्बु क्षेत्रमा हेलिकप्टरको उडान नहुदाँ हिमाल आरोरण र आधार शिविरमा गएर विरामी परेका, हिउँपहिरोमा फसेकाको उद्धार हुन सकेको छैन् भने लुक्ला भन्दा माथिल्लो क्षेत्रमा खाद्यान्न लगाएत अत्यावश्यक सामाग्रीको ढुवानीमा असर परेको छ । स्थानीयले भने सामान ढुवानीका लागि खच्चर र भरिया रहेको भन्दै हेलिकप्टर मार्फत सामान बोक्ने कार्य तत्काल रोकिनुपर्ने माग गर्दै आइरहेका छन् ।
निकुञ्जक्षेत्रले हेलिकोप्टर उडान खुलायाे
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
13 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
2 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
