रामेछाप । रिलायबल लाइफ ईन्स्योरेन्स लिमिटेड मन्थली शाखा द्धारा रामेछाप नगरपालिका वडा नं ७ मुडाजोरमा रहेको महाकाली आधारभूत विद्यालयका ७० जना विद्यार्थीलाई न्यानो कपडा वितरण गरिएको छ ।

       सो विद्यालयमा आयोजित कार्यक्रममा नर्सरीदेखि ८ कक्षासम्म अध्ययन गर्ने करिब ७० जना विद्यार्थीलाई रामेछाप नगरपालिकाका उपप्रमुख बाल कुमारी कार्कीले ट्याक सुट वितरण गरेकी थिइन । कार्यक्रममा  प्रसाशकिय अधिकृत भोला प्रसाद चापागाईं सोही वडाका अध्यक्ष समीर कार्की  रिलायबल लाइफ ईन्स्योरेन्स बाग्मती प्रदेशका प्रमुख राज कुमार गिरी लगाएतले कम्पनीले सामाजिक उतरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरुलाई जाडोमा लगाउने ट्याक सुट वितरण गरेकोमा खुसी व्यक्त गरे ।