पनौति जलविद्युत केन्द्र चाँडो संचालनमा ल्याउन राज्यमन्त्री तामाङको निर्देशन
11 महीना पहिले प्रकाशित
काभ्रे । असोजको दोश्रो साता आएको बाढीले क्षतिग्रस्त काभ्रेको पनौति जलविद्युत केन्द्रको उर्जा जलश्रोत तथा सिंचाई राज्यमन्त्री पूर्णवहादुर तामाङ ( कान्छाराम ) ले सोमबार निरीक्षण गरेका छन् ।
निरीक्षणका क्रममा बाढीले क्षतिग्रस्त आयोजनाको तत्काल मर्मत संभार गरी संचालनमा ल्याउनका लागि आवश्यक कार्य गर्न उनले निर्देशन दिएका थिए । मन्त्रालय र नेपाल विद्युत प्राधिकरणका अधिकारीहरु सहित केन्द्रको निरीक्षणमा पुगेका राज्यमन्त्री तामाङले नेपालको ऐतिहासिक आयोजना संचालन गरेर नमुनाको रुपमा राख्नु पर्ने वताएका थिए । तत्कालिन सोभियत संघको सहयोगमा राणाकालमा निर्माण भएको उक्त आयोजना मेघावाट क्षमतामा संचालन भएको तत्कालिन अवस्थाको सबैभन्दा ठुलो आयोजनाको रुपमा रहेको थियो ।
बिक्रम सम्बत १९९५ सालमा रोसी खोलाको पानी प्रयोग गरेर निर्माण गरीएको पनौति जलविद्युत आयोजनाले २ दशमलव ४ मेघावाट विद्युत उत्पादन गर्ने क्षमता राख्छ । उक्त आयोजना नेपाल विद्युत प्राधिकरणको स्वामित्वमा रहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
