रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई नेपाली काँग्रेसका नेताहरुले आफ्नो लगानीमा न्यायो कपडा वितरण गरेका छन् ।
लिखु तामाकोशी गाउँँपालिकाका विभिन्न ६ वटा विद्यालयमा अध्ययन गर्ने झण्डै २ सय भन्दा बढी बालबालिकाहरुलाई जाडोमा लगाउनका लागि न्यायो कपडा वितरण गरीएको हो ।
नेपाली काँग्रेस काठमाण्डौं – लिखु तामाकोशी सम्पर्क समितिका अध्यक्ष सुवास दाहाल र वडा नम्बर ५ नेपाली काँग्रेसका वडा सभापति टेकवहादुर तामाङले बालबालिकाहरुका लागि न्यायो कपडा उपलव्ध गराएका हुुन् ।
नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष सुन्दर खड्काका अनुसार लिखु तामाकोशी गाउँपालिकाको रुपादेवि आधारभुत विद्यालय, लालिगुराँस छिरि¨े आधारभुत विद्यालय, सेतिदेवि आधारभुत विद्यालय, रणजित आधारभुत विद्यालय र कैलेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबािलकाहरुले न्यायो कपडा पाएका हुन् ।
सम्बन्धित विद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सल्लाहकार कृष्णवहादुर महत, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत र काँग्रेस गाउँपालिका अध्यक्ष सुन्दर खड्का लगाएतका नेताहरुको सहभागितामा उक्त न्यायो कपडा वितरण गरीएको थियो । वितरीत कपडामा स्वीटर, टोपी र ट्याकसुट रहेका छन् । दाताहरुले सोहि अवसरमा शैक्षिक सामाग्री समेत वितरण गरेको जनाइएको छ ।
काँग्रेसका नेताले गरे न्यायो कपडा वितरण
2 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
गेल्जे लामा (शेर्पा) काँग्रेस केन्द्रीय सदस्यमा निर्वाचà..
रामेछाप । नेपाली काँग्रेसको १५ औं महाधिवेशनको जारी केन्द्रीय सदस्यको मतगणनामा आदिवासी जनजाति तर्फको खुला तर्फ à¤..
10 घन्टा पहिले
युवा नेतृ बिनीता खड्का लोकप्रिय मतका साथ काँग्रेस केन्दà..
रामेछाप । नेपाली काँग्रेस रामेछापकी युवा नेतृ बिनीता खड्का नेपाली काँग्रेसको जारी १५ औं महाधिवेशनबाट अत्याधिक à¤..
1 दिन पहिले
प्रहरी दिवसको अवसर पारेर रामेछापमा रक्तदान
रामेछाप । जिल्ला प्रहरी कार्यालय रामेछापद्धारा प्रहरी दिवसको अवसरमा मंगलबार कार्यालय परिसरमा रक्तदान कार्यक्à¤..
2 दिन पहिले
मुरली र बाँसुरीको लयमै वित्यो, फरमान अलीका ४० बर्ष
रामेछाप । फरमान अलीका ४० बर्ष बजारमा मुरली र बाँसुरीमा लय हाल्दै वित्यो । विहान देखि वेलुका सम्म चोक र सडक तिर भौतà¤..
3 दिन पहिले
दशैं नजिकिदै जादाँ बजारमा ग्राहकहरुको घुँईचो
रामेछाप । नेपालीहरुको महान चाड बडादशैं नजिकिदै गर्दा रामेछापका बजार केन्द्रहरुमा किनमेल गर्नेहरुको घुईचो हुन थ..
3 दिन पहिले
