काँग्रेसका नेताले गरे न्यायो कपडा वितरण
11 महीना पहिले प्रकाशित
रामेछाप । लिखु तामाकोशी गाउँपालिकाका विभिन्न विद्यालयमा अध्ययन गर्ने बालबालिकाहरुलाई नेपाली काँग्रेसका नेताहरुले आफ्नो लगानीमा न्यायो कपडा वितरण गरेका छन् ।
लिखु तामाकोशी गाउँँपालिकाका विभिन्न ६ वटा विद्यालयमा अध्ययन गर्ने झण्डै २ सय भन्दा बढी बालबालिकाहरुलाई जाडोमा लगाउनका लागि न्यायो कपडा वितरण गरीएको हो ।
नेपाली काँग्रेस काठमाण्डौं – लिखु तामाकोशी सम्पर्क समितिका अध्यक्ष सुवास दाहाल र वडा नम्बर ५ नेपाली काँग्रेसका वडा सभापति टेकवहादुर तामाङले बालबालिकाहरुका लागि न्यायो कपडा उपलव्ध गराएका हुुन् ।
नेपाली काँग्रेस लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष सुन्दर खड्काका अनुसार लिखु तामाकोशी गाउँपालिकाको रुपादेवि आधारभुत विद्यालय, लालिगुराँस छिरि¨े आधारभुत विद्यालय, सेतिदेवि आधारभुत विद्यालय, रणजित आधारभुत विद्यालय र कैलेश्वर आधारभुत विद्यालयमा अध्ययन गर्ने बालबािलकाहरुले न्यायो कपडा पाएका हुन् ।
सम्बन्धित विद्यालयमा आयोजित कार्यक्रममा नेपाली काँग्रेसका जिल्ला सल्लाहकार कृष्णवहादुर महत, लिखु तामाकोशी गाउँपालिकाका अध्यक्ष केशव महत र काँग्रेस गाउँपालिका अध्यक्ष सुन्दर खड्का लगाएतका नेताहरुको सहभागितामा उक्त न्यायो कपडा वितरण गरीएको थियो । वितरीत कपडामा स्वीटर, टोपी र ट्याकसुट रहेका छन् । दाताहरुले सोहि अवसरमा शैक्षिक सामाग्री समेत वितरण गरेको जनाइएको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
