कमल साह
जनकपुरधाम,फागनु १२ गते । जनकपुरधाम उद्योग बाणिज्य संघको निर्वाचन आधुनिक प्रणाली (एभियन मेसीन)बाट हुने भएको छ ।
धनुषा जिल्लाका व्यापारीहरुको नेता चयनका लागि अगामी चैत्र २८ गते निर्वाचन मिति तोकिएको छ । साथै सो निर्वाचन गाराउनको लागि सामजिक व्यक्तित्व सुनचाँदी व्यावसायी संतोष साहलाई निर्वाचन अध्यक्ष पदमा चयन गरिएको छ ।
आधुनिक प्राविधिबाट निर्वाचन गराउँदा मतदानगर्नमा बढी समय नलाग्ने र उम्मेदावर घोषणा गर्नमा खसेको मतको आधा घण्टामा मतदाता परिणम आउने खासियत रहेको ले एभियन मेसीनलाई रोज्न खोजेको निर्वाचन अध्यक्ष संतोष साह बताउनु हुन्छ । उहाँले चैत्र १३ गतेसम्म सदस्यहरुको सदस्यता ऋणु गर्ने मिति जउबा संघले निर्धारण गरेको दिनबितेपछि हामी एकपल्ट बैठक गर्छौ बताउँदै त्यसमा आएको सुझाअनुसार हामीजाने थप्नुहुन्छ । त्यस बैठकमा हालरहेका पदाधिकारी,पूर्व अध्यक्ष,सल्लाहकार तथा यहाँका सम्मानित व्यापारीहरुलाई सुझाब लिने बताउँदै साह थप्नुहुन्छ उनिहरुले देखाएको मार्गमा हामी जाने छौ ।
उहाँले एभिएन मेसीनबाट चुनाव हुँदा सवभन्दा आसान तरिकाबाट मतपरिणाम आउने भन्नुहुन्छ । जउबामा पद पनि बढी रहेको व्यापारी को नेता एवं पदाधिकारी बनेर सेबागर्ने आशापनि थुप्रैजनाको हुनेले उम्मेदवार बढने गरको हुन्छ ।
जउबा संघ ले निर्वाचन तिथी मिति घोषणा गरेको दिनदेखि विभिन्नपदकाउम्मेदवार बन्नको लागि नामहरु बजारमा आईसकेका छन ।
जउवा संघका वरिष्ट उपाध्यक्ष जितेन्द्र प्रसाद साह ले अध्यक्ष पदमा उम्मेदवारी दिने सार्वजानिक गर्नुभएकोे छ । उहाँ जनकपुरधाम उद्योग वाणिज्य संघको साधारणसभाका दिन नै आफ्नो उम्मेदवारी अध्यक्ष पदमा दिने घोषणा गर्नुभएको थिए । उसैगरी पूर्व महासचिवहुँदै वरिष्ट उपाध्यक्ष पद सम्हालि सक्नुभएका अनिरुद्ध साह, पूर्व कोषाध्यक्ष विकास चौधरी,वर्तमान महासचिब जितेन्द्र महासेठ अध्यक्ष पदका लागि दावेदारी दिंदैछन ।
यो भन्दा पहिले हालका अध्यक्ष ललित साह ले पनि इच्छा जाहिर गरेको थियो । पछि उनि पुनः नलडने घोषणा गरिसकेका छन ।
उसैगरी वरिष्ट उपाध्यक्षमा तीनजनाको नाम आईरहेको छ । त्यस्मा जनकपुर जेसीजको अध्यक्ष भईसकेको तथा नेपाल जेसीजमा आफ्नो कार्यक्षमता देखाई सक्नु भएका मनिष रमण साह, जनकपुरधाम उद्योग बाणिज्य संघको उपाध्यक्ष पद सम्हालि सक्नु भएको सुरेन्द्र भण्डारीको नामपनि चर्चामा रहेको छ । उहाँ यो भन्दापहिलेको निर्वाचनमा सदस्य पदबाट निर्वाचितभई जउबासंघमा प्रवेश गर्नु भएको थियो ।
भण्डारी समाजिक क्षेत्र संगै राजनिती तर्फ संग संगै बढदै गएका व्यक्तित्व रहेका छन । त्यस्तै प्रशोधित पानीको व्यावसायगर्दै आउनु भएका संजय झा को नाम वरिष्ट उपाध्यक्ष पदका लागि उम्मेदवारी दिने बजारमा चर्चा भईरहेको छ ।
उस्तै उपाध्यक्ष पदका लागिउम्मेदवारी दिने चर्चामा आएकानामहरुमा पेट्रोल व्यावसायी लक्ष्मण साह, मोटर पार्ट व्यावसायी अम्बु साह, हार्डवेर व्यावसायी संतोष साह, निर्वाण व्यावसायी रमेश यादव र सुनचाँदी व्यावसायी श्याम साह रहेका छन ।
जउवासंघको विधान अनुसार महिला उपाध्यक्षपनि रहेको छ । तर, त्यस पदकालागि हालसम्म कसैको नाम चर्चामा आउन सकेको छैन ।
उसैगरी महासचिब पदकालागिउम्मेदवारी दिने चर्चा बजारमा ४ जनाको नामआईरहेको छ । त्यसमा पेट्रोल व्यावसायी सुधिर पंजिया, औषधि व्यावसायी मनोज साह, निर्माण व्यावसायी राम महासेठ र हाल जउवाको कोषाध्यक्ष पद सम्हालनु भएको अशोक चौधरीको नामचर्चा रहेको छ ।
उसैगरी सचिव पदकालागिउम्मेदवारी को लागि चर्चामा आएको नामहरु मध्ये जउवा संघ काकाका सदस्य एवं गैस व्यावसायी संघ काअध्यक्ष रहनु भएको फुल्देव पण्डित, निर्माण व्यावसायी संतोष महासेठ र रेडिमेड कपडा व्यावसायी गोपी साह छन् ।
त्यस्तै कोषाध्यक्ष पदका लागि २ जनाको नाम चर्चामा रहेको छ । त्यसमा गतनिर्वाचनमा कोषाध्यक्षपदमा पराजित हुनुभएका विजय साह रहेका छन । उहाँको आफ्नो व्यावसाय औषधि रहेको छ । अर्काउम्मेदवार प्रमेश्वर साह रहेका छन ।
त्यस्तै एशोसिएट सदस्यपदका लागि सुनचाँदी व्यावसायी राजिव कुमार साह(चन्द) को नाम हलसम्म चर्चामा रहेको छ । उहाँ जउवासंघको एशोसिएट सदस्यपदमा एक कार्यकाल सम्पन्न गर्दैछन ।
जउवासंघको विधानअनुसार सदस्यपदमा ७ जनालाई चयन गर्नुपर्ने रहेको छ । त्यसमा एक सदस्य पद महिला सदस्यहरुको लागि आरक्षण गरिएको छ ।
जनकपुरधामउद्योग बाणिज्य संघको निर्वाचनमा एभिन मेशिन प्रयोग हुने
6 वर्ष पहिले प्रकाशित
कमेन्ट गर्नुहोस्
जापानबाट टीका श्रेष्ठले प्रधानमन्त्री राहत कोषमा पठाए ..
रामेछाप । जापानमा व्यवसाय गर्दै आएका दोलखाका युवा व्यवसायी टीका श्रेष्ठले नेपालको भोटेकोशीमा भदौ १० गते आएको बा..
2 घन्टा पहिले
प्रधानमन्त्री दैबिप्रकोप कोषमा रामेछापका व्यवसायी श्य..
रामेछाप । भदौ १० गते भोटेकोशीमा आएको बाढीबाट प्रभावितहरुको राहत तथा पुननिर्माणका लागि रामेछापका अगुवा व्यवसायी..
10 घन्टा पहिले
बेनी पुल निर्माणमा तिब्रता, दिन रात काम
रामेछाप । ठेक्का संझौता भएको ८ बर्ष पछि रामेछापको तामाकोशी नदी माथि निर्माणाधिन बेनीघाट पुलले तिब्रता पाएको छ । ..
10 घन्टा पहिले
रिलायबल नेपाल लाईफ ईन्स्योरेन्सको स्थापना दिवसका अवसर..
रामेछाप । रिलायबल नेपाल लाईफ ईन्स्योरेन्स लिमिटेडको नबौं स्थापना दिवसको अवसरमा रामेछाप जिल्लाको मन्थली बजारमा ..
11 घन्टा पहिले
सहयोग बारे नक्कली क्यूआर प्रचार गर्ने रास्वपाका नेता पक..
रामेछाप । भोटेकोशी बाढी पीडितलाई सहयोगका लागि प्रधानमन्त्री दैबिप्रकोप उद्धार कोषमा रकम गरेको भन्दै नक्कली बैं..
1 दिन पहिले
संवाददाता
