राजदेवी मन्दिरमा बेलतोरी र बोकावली एकै दिन हुने
1 वर्ष पहिले प्रकाशित
कमल साह
जनकपुरधाम,असोज २० गते । यसपालीको बड़ादशैंमा दुर्गा माताको आगमन र विदाईले राष्ट्र र समाजको लागि अशुभको संकेत देखाई रहेको छ ।
अर्का तर्फ तिथिको घटन्त बढन्तको कारण यसपाली यहाँको सुविख्यात राजदेबी मन्दिरमा सप्तमी तिथीको फुलपाति (बेलतोरी) र महाअष्टमी तिथीको बोका वली एकैदिन चढाईने कार्यक्रम तय भएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिले नवरात्री अवसरमा विभिन्न साइत सार्वजनिक गरेको छ । असोज १७ गते विहिवार बिहान ९ः१६ बजे घटस्थापनाको साइत रहेको थियो । असोज १८ गते शुक्रबार झण्डा फेर्ने साइत ९ः१४ बजे रहेको थियो । सो झण्डा पश्चिम फर्केर झण्डा फेर्नुपर्ने बताएको थियो ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका अनुसार असोज २४ गते विहिबार फूलपाती(बेलतोरी) परेको छ ।
तर, मिथिला पञ्चांग अनुसार विहिवार विहान ८ बजेदेखि महाअष्टमी शुरुभई शुक्रबार ८ बजेसम्म रहेको छ । तस्र्थ जनकपुरधाम स्थित राजदेवी माताको मन्दिरमा विहिवार नै बोकाबली चढाउने निणर्य स्थानिय कल्वले गरेको छ ।
महाविर युवा कमिटीका अध्यक्ष अजय गुप्ता भन्नुहुन्छ, ‘राजदेवी माताको शरदीय दशैं पूजा नेपाली पञ्चांग अनुसार हुनेगर्छ । त्यसैले असोज २४ गते विहिवार नै बोकावलि प्रदान गर्ने हाम्रो निर्णय भएको छ ।
नेपाली पञ्चांग अनुसार विहिवार विहान राजदेवी मन्दिरमा बाजा गाजाका साथ फुलपाति(बेल) भित्र्याईने कार्यक्रम एकातिर हुन्छ । अर्कातिर महाअष्टमीको प्रसाद चढाईने पनि छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समिति अनुसार असोज २६ गते शनविार विजयादशमीको विहान ८ः३३ बजे देवी विसर्जन र विहान ११ः२६ बजे पूर्वमुख भएर टिका लगाउनुपर्ने जनाएको छ । टिका लगाउने अभिवाकवर्गलाई पश्चिम मुख भएर बस्नुपर्ने रहेको छ ।
कमेन्ट गर्नुहोस्
नवजागरण साकोस धेरै कर तिर्ने करदाताको रुपमा सम्मानित
रामेछाप- रामेछापको सदरमुकाम मन्थलीबाट सञ्चालित नवजागरण बचत तथा ऋण सहकारी संस्था आय वर्ष २०८०/०८१ मा रामेछाप जिल्..
2 दिन पहिले
रामेछापमा एमालेको वृहत प्रदर्शन
रामेछाप । संविधान विरोधि प्रतिगामी सरकारको भण्डाफोर र संसद पुनसर््थापनाको माग गर्दै नेकपा एमाले रामेछापले शनिब..
4 दिन पहिले
बाल संगठन रामेछापमा सुन्दर घिमिरे
रामेछाप । नेपाल बाल संगठन रामेछापको प्रथम जिल्ला अधिवेशनले सुन्दर घिमिरेको अध्यक्षतामा नयाँ कार्य समितिको सर्ब..
5 दिन पहिले
दोलखाको कालापानीमा ईभी दुर्घटना, १२ घाईते
रामेछाप । दोलखा र रामेछापको संगमस्थानमा रहेको पर्यटकिय क्षेत्र शैलुङ तर्फ आउदै गरेको ईभी दोलखाको कालापानीमा दु..
5 दिन पहिले
भाईरल ज्वरो फैलिएपछि रामेछापको उमाकुण्डका सबै विद्यालय..
रामेछाप । उत्तरी रामेछापमा भाईरल ज्वरोका विरामी बढेपछि ३ दिनका लागि विद्यालय बन्द गर्ने निर्णय भएको छ । संक्रमण ..
6 दिन पहिले
संवाददाता
संवाददाता
संवाददाता
संवाददाता
