कविता ः शुभकामना

 

दशैं, छठ, तिहारको सबैलाई छ शुभकामना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।

सबैको जीवन सधै रहोस् स्वास्थ र हरीयाली ।
कहिल्यै नपाओस कसैले दुःख कठिनाई ।।
सधै मनमा पलाइरहोस माया प्रेमको भावना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।

वुद्ध जस्तो पवित्र मन होस् हिमाल जस्तै अटल ।
जनक झै ज्ञानी बनोस् चन्द्रमा झै शितल ।।
दिईरहोस सबैलाई फुलझै बासना ।।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।

उज्जवल होस् जीवन प्रफुल रहोस् मन ।
बसी जाओस मा भवानी सबैको कनकन ।।
सधंै अगाडी बढिरहोस् गरेर समना ।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।

कमजोरलाई शक्ति दिउन असहायलाई ज्ञान ।
गरीबदुखी अनाथलाई गरुण कल्याण ।
गरिरहोस् निति नियम अनुसाशनको पाल्ना ।।
पुरा गरोस माँ भवानी सबैको मनोकामना ।।

 

लेखक ः मनोज पण्डित
बिदेह न.पा. ७,
वेलापटटी, धनुषा